२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

तनहुँकी बिनु ‘मिस मगर नेपाल’

मिस मगर नेपालको ताज तनहुँकी बिनु रानाले लगाउन सफल भइन्। उनले फाइनलमा १० प्रतिस्पर्धीलाई पन्छाउँदै मिस मगरको उपाधि जितेकी हुन्। उनले उपाधिसहित ७० हजार नगद पुरस्कारका साथै ‘मोस्ट डेडिकेटेड’ पुरस्कार समेत प्राप्त गरिन्।

‘मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान’द्वारा आयोजित मिस मगर नेपालको प्रतिस्पर्धामा म्याग्दीकी दिवा पाइजामगर फस्ट रनर अप भइन्। उनले उक्त ताजसँगै ‘ख्यातिप्राप्त (पपुलर) तथा ट्यालेन्टेड’ पुरस्कार समेत प्राप्त गरिन्।

म्याग्दीकै कविता थापामगर सेकेन्ड रनर अप भइन्। उनले बेस्ट वाकको पुरस्कार समेत पाइन्। उदयपुरकी दीक्षा थापामगर थर्ड रनर अप भइन्। उनले थर्ड रनरअपको ताजसँगै इन्टेलिजेन्ट तथा पर्सनालिटीको पुरस्कार समेत प्राप्त गरिन्।

त्यस्तै, म्याग्दीकी उमा पुनमगरले भ्युअर्स चोइस अवार्ड जित्न सफल भइन्। उनले मोस्ट चार्मिङ टाइटलको अवार्ड पनि जितिन्। 

प्रकाशित: २ मंसिर २०८० ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App