२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

पाेखरामा चेतन कार्की स्मृति सन्ध्या

हिमाली साँस्कृतिक परिवार पोखरामा संस्थाका प्रमुख संरक्षक साहित्य कला एवं चलचित्रकर्मी चेतन कार्कीको जन्मजयन्तीमा चेतन कार्की स्मृति सन्ध्या-२०८० सम्पन्न गरेको छ।

प्रमुख अतिथि नेपाल ऋषि डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा विविध सांस्कृतिक कार्यक्रम नृत्य, चेतन कार्कीको शब्दको गीत ‘कान्छी हे कान्छी,मायाप्रीतिको चोखो कथा’ गाएका थिए।

संस्थाको अध्यक्ष ज्ञानबहादुर थापाले स्वागत गरेर प्रारम्भ गरिएपछि स्वागत नृत्य ‘मलाई रमाइलो मेरै पाखा पखेरो’ बाट कार्यक्रमको थालनी भएको थियो।

गायिका बाबा राणाले चेतन कार्कीसँग बिताएका स्मृति सहित गीत प्रस्तुत गरेकी थिइन्। चेतन कार्कीले पोखरामा दिएको योगदानबारे आनन्दराज मुल्मीले प्रकाश पारेका थिए।

प्रमुख वक्ता साहित्यकार कवि मुरारि सिग्देलले २७ वर्षसँगै बसिबियाँलो गरेको स्मृतिका ती दिन सम्झिदै श्रद्धाञ्जली अर्पण गरेका थिए।

परिवारका उपाध्यक्ष श्रीजंग गुरुङले सञ्चालन गरेकाे कार्यक्रममा संरक्षक नरबहादुर शेरचन, चेतन कार्कीका छोरा पारश कार्की र पंकज कार्की सहित संस्थाका मानार्थ सदस्य टीकाबहादुर कार्की,बुद्धिमान गुरुङ धम्पु, बुद्धिप्रसाद गुरुङ, सल्लाहकार क्षेत्र गुरुङ, संचारकर्मी दीपेन्द्र श्रेष्ठ, गीतकार दुर्गा शाह बाबा, साहित्यकार असफल गौतम, रमा परासर सूद लगायतको बाक्लो उपस्थित रहेको थियो।

प्रकाशित: २३ कार्तिक २०८० ०४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App