२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

सम्पादक विमल भाैकाजीले ल्याए छचल्का

सम्पादक विमल भाैकाजीकाे छचल्का बजारमा आएकाे छ। उनले केही दिवंगत लघुकथाकारहरूका समेत ९९ लघुकथाकारका एकएक लघुकथा समावेश गरेर छचल्काकाे सम्पादन गरेका हुन्। कृति भुँडी पुराण प्रकाशन प्रकाशित गरेकाे हाे।

सम्पादक भाैकाजीकाे  मैले चिनेजाने बुझेका प्रदीप गिरी, हिजो र आजका कथा, प्रेम पराग, प्रतिनिधि नारी यौनकथा, पर्वतको अर्को नाम पार्वती (डा. वानीरा गिरी), दरबार बाहिरकी महारानी, बेली (नीलम कार्की निहारिका), प्रियंवदा (माया ठकुरी) गरी डेढ सयभन्दा बढी कृतिकाे सम्पादन गरेका छन्।

उनका द्रौपदी देश, श्रीपेच नलागेका राजा, जिन्दावाद मुर्दावाद लगायत ८ पुस्तक प्रकाशित छन्।

उनले १९९१ सालमा सुरू भई २०२० मा बन्द भएकाे शारदा मासिकलाई पुन: सम्पादन गरेका छन्। २०४३ पुन: प्रकाशन भएर पुन: बन्द भएका शारदालाई उनले २०७१ वैशाखदेखि निरन्तर  प्रकाशन गर्दै आएका छन्।

शारदा मासिकले सम, देवकोटा, सिद्धिचरण, रिमाल जस्ता  हस्तीहरूलाई जन्म दिने गर्विलो इतिहास खडा गरेको छ।

प्रकाशित: २० कार्तिक २०८० ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App