रमेशचन्द्र घिमिरे
कान्छी अल्लि सानी नै छन् माझी अल्लि ठूली,
यिनकै बिचमा यिनैसँग,बस्छु मिलिजुली।
साह्रै अग्ली छैन म त,होची छैन त्यति,
लुरी छैन, दुब्ली छैन,मोटी छैन त्यति।
जसो गरी नापे पनि, आकार छ ठिक्क,
आफ्नो रूप हेर्दा मलाई, हुन्न कैल्यै दिक्क।
माझीसँग टाँसिएर,कान्छीलाई हेर्दै,
रमाएर बस्छु सधैं,सुनको औंठी बेर्दै।
जहाँ छन् बुढी, चोरी औंला, त्यही हो मेरो गाउँ
नचिनेमा चिनिराख्नू,साहिंली औंला नाउँ।
प्रकाशित: २४ असार २०८० ०८:०० आइतबार