२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

नेपाल स्रष्टा समाजबाट डा. उप्रेती र श्रेष्ठ सम्मानित

नेपाल स्रष्टा समाजले योगमाया दिवसको अवसरमा जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती र अन्वेषक चन्द्रबहादुर बस्नेतलाई सम्मान गरेको छ।

नेपाल स्रष्टा समाजले वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा डा. उप्रेतीलाई ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान-२०८० र महानारी योगमायाको व्यक्तित्व तथा कृतित्व प्रचारप्रसारमा लामो समयदेखि क्रियाशील अन्वेषक चन्द्रबहादुर बस्नेतलाई ‘योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मान-२०८०’ बाट सम्मान गरिएको हो।

योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानमा २५ हजार १११ रुपैयाँकाे साथ आदरपत्र र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानमा ३५ हजार  रूपैयाँकाे साथ आदरपत्र प्रदान गरिएको थियो।

साहित्यकार पवन आलोकले  योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र राजेश न्यौपानेले योगमाया न्यौपाने अभियन्ता सम्मान स्थापना गरेका हुन्।

स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएकाे  साे सम्मान कार्यक्रममा समाजको मुखपत्र ‘स्रष्टा दर्पण’ को योगमाया विशेषांक पनि लोकार्पण गरिएको थियो।

प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवसले योगमायाप्रति समाजको खोजी र चासो प्रशंसनीय रहेको बताए।

कार्यक्रममा प्राडा गोविन्दमानसिंह कार्की, पवन आलोक, राजेश न्यौपाने, श्रीओम श्रेष्ठ रोदन, नेपाल हर्ट फाउन्डेसनका अध्यक्ष बलराम न्यौपाने , सम्मानितद्वय डा. अरुणा उप्रेती र चन्द्रबहादुर बस्नेत लगायतले बोलेका थिए।

सम्मानित स्रष्टाहरूले सम्मानले आफूमा ऊर्जा थपिएको बताए। सो अवसरमा योगमाया न्यौपानेको संघर्ष र योगदानको चर्चा गरिएको थियो।

कार्यसमिति सदस्य मधु पाठकले स्वागत मन्तव्य प्रस्तुत गरेको सो कार्यक्रम कार्य समिति सदस्य माधव बिडारीले चलाएका थिए।

प्रकाशित: २३ असार २०८० ०७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App