२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

अमरज्योति लोकार्पण तथा अमरज्योति साहित्य सम्मान-२०८० समर्पण

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले राष्ट्रिय धान दिवसको अवसरमा ‘अमरज्योति साहित्यिक त्रैमासिक अन्ठाउन्नौं’ अंक लोकार्पण र ‘अमरज्योति साहित्य सम्मान-२०८०’ समर्पण गरेको छ।

विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ को अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।

नेपाली साहित्यको उन्नयनमा योगदान पुर्‍याएकोमा शारदा साहित्यिक मासिक, काठमाडौं, साहित्य सन्ध्या, काठमाडौं, साहित्य संगम, मकवानपुर, दायित्व वाङमय प्रतिष्ठान, काठमाडौं, प्यूठान साहित्य परिषद्, प्यूठान र नुवाकोट साहित्य प्रतिष्ठान, नुवाकोट ‘अमरज्योति साहित्य सम्मान- २०८०’ ले सम्मान गरिएको थियो। प्रमुख अतिथि कुलपति राईले उक्त साहित्यिक पत्रिका/संस्थालाई दोसल्ला र ताम्रपत्रले  सम्मान गरेका थिए।

त्यस्तै साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याउने नेविप्राका सेवानिवृत्त दुई कर्मचारीलाई पनि सम्मान गरिएको थियो।

नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले राष्ट्रिय धान दिवसको अवसरमा ‘अमरज्योति साहित्यिक त्रैमासिक अन्ठाउन्नौं’ अंक लोकार्पण र ‘अमरज्योति साहित्य सम्मान-२०८०’ समर्पण गरेको छ।

त्यस्तै सोही अवसरमा विद्युतकर्मी साहित्यिक समाजका पूर्व कार्यसमितिमा रही साहित्यको विकासमा आर्थिक, भौतिक र नैतिक सहयोग पुर्‍याउने स्रष्टा: मञ्जुलाल श्रेष्ठ र गंगा अधिकारीलाई पनि अमरज्योति साहित्य सम्मान-२०८० समर्पण गरिएको थियो।

सो कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकद्वय तुलाराम गिरी र मदन तिम्सिना, निर्देशकहरू-शिवकुमार अधिकारी, प्रबल अधिकारी, बेलप्रसाद शर्मा, थर्कबहादुर थापा, चिरन्तनविक्रम राणा लगायत नेविप्राका उच्च पदस्थ अधिकारीहरू, विद्युतकर्मी साहित्यिक समाजका पूर्वअध्यक्षहरू -कुलप्रसाद पराजुली, वीरेन्द्र पाठक, पुण्य घिमिरे, रामेश्वर राउत ‘मातृदास’ को उपस्थिति रहेकाे थियो।

त्यस्तै  विमल भौकाजी, दीपेन्द्रसिंह थापा, आरसि रिजाल, सानुराजा श्रेष्ठ अन्जान, प्रमिला गजुरेल, प्रज्ज्वल अधिकारी, लीलाराज दहाल, समीर सिंह, केशव पन्त, विष्णुप्रसाद सापकोटा, गोपालकुमार मैलाली, अनिता न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि कुलपति भूपाल राईले व्यक्तिमा मानवीय आचरणहरूको सन्तुलित विकास गर्न साहित्यको अध्ययन अपरिहार्य रहेको बताउँदै सबै नेतालाई देशका वरिष्ठ साहित्यकारहरूबाट प्रशिक्षित गराउनुपर्ने आवश्यकता औंल्याएका थिए।

उनले साहित्यिक पत्रकारहरूलाई आवश्यक सहयोग गर्न प्रज्ञाप्रतिष्ठान नीति तर्जुमाको कार्यमा जुटिसकेको पनि बताए।

प्रमुख अतिथि कुलपति भूपाल राईले व्यक्तिमा मानवीय आचरणहरूको सन्तुलित विकास गर्न साहित्यको अध्ययन अपरिहार्य रहेको बताउँदै सबै नेतालाई देशका वरिष्ठ साहित्यकारहरूबाट प्रशिक्षित गराउनुपर्ने आवश्यकता औंल्याएका थिए।

त्यस्तै नेविप्राका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतकर्मी साहित्यिक समाजले निरन्तर नौलो साहित्यिक कार्यक्रम आयोजना गरेर कर्मचारी वृत्तमा उदाहरणीय काम गरेकोमा खुसी पोखेका थिए।

अर्का वक्ता विद्युतकर्मी साहित्यिक समाजका संस्थापक अध्यक्ष कुलप्रसाद पराजुलीले यसप्रकारको कार्यक्रमले साहित्यिक संस्थाहरूको सम्बन्ध प्रगाढ हुने बताए।

उक्त कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ले  भौतिक र भावनात्मक बिजुलीको एकसाथ प्रवर्द्धनः हाम्रो अभियान’ भन्ने मूल नारालाई साकार पार्न विद्युतकर्मी साहित्यिक समाज निरन्तर प्रतिबद्ध रहेको बताए।

सो कार्यक्रममा सम्मानित संस्थाका सबैले सम्मान ग्रहणपछि पालैपालो आफ्ना अनुभूतिहरू सुनाएका थिए।

त्यस्तै नेविप्राका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतकर्मी साहित्यिक समाजले निरन्तर नौलो साहित्यिक कार्यक्रम आयोजना गरेर कर्मचारी वृत्तमा उदाहरणीय काम गरेकोमा खुसी पोखेका थिए।

यसअघि ‘तीन तियाँ’,‘गजल मुशायरा’, ‘पुस्तकसँग पाठक’, ‘बहुभाषिक काव्यगोष्ठी’, ‘लेखन प्रशिक्षण कार्यशाला’, पर्यटन साहित्य लगायतका विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रम चलाइसकेकाले यसपटक स्रष्टा सम्मानको कार्यक्रममार्फत साहित्यकर्मीहरूबिच सम्बन्ध कायम राख्न कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले बताए।

विद्युतकर्मी साहित्यिक समाज कार्यसमिति सदस्य बलराम पुडासैनीले असारे भाका गाएर उपस्थित सबैलाई न्यानो स्वागत गरेका थिए भने नेविप्राका उपकार्यकारी निर्देशक तुलाराम गिरीले कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए।

प्रकाशित: १८ असार २०८० ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App