२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

कवि श्रेष्ठलाई ‘गुन्जन साहित्य पुरस्कार’

गुन्जन साहित्यिक संस्थाले कवि विश्वविमोहन श्रेष्ठलाई २०७९ काे ‘गुन्जन साहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

गुन्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो। साढे दुई दशकअघि स्थापना भएको गुन्जनले बर्सेनि विभिन्न स्रष्टालाई सम्मान गर्दै आएको छ।

यस्तै गरी कवि गीता कार्कीलाई गुन्जन प्रतिभा पुरस्कार, वरिष्ठ कथाकार भुवन ढुंगानालाई गुन्जन त्रिवेणी आख्यान पुरस्कार, राधिका लिम्बूलाई गुन्जन मातृभाषा सम्मान, कथाकार रेवती राजभण्डारीलाई गुन्जन जेष्ठ नागरिक सम्मान र कवि लक्ष्मी राजभण्डारीलाई गुन्जन रजत जयन्ती सम्मान प्रदान गर्ने निर्णय गरेको छ।

प्रकाशित: १८ असार २०८० ०५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App