२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

पाठकको रुचिमा इतिहास, संस्कृति र साहित्यका पुस्तक

पुस्तक प्रदर्शनीमा आउने पाठकले इतिहास, संस्कृति र साहित्यका पुस्तक बढी मन पराउन थालेका छन्। नेपाल प्रज्ञाप्रतिष्ठानको ६६औ वार्षिकोत्सवका अवसरमा जारी पुस्तक प्रदर्शनीमा इतिहास, संस्कृति र साहित्यका पुस्तक बढी बिक्री भएका हुन्। प्रदर्शनीमा प्रतिष्ठान र साझा प्रकाशनद्वारा प्रकाशित  पुस्तक राखिएको छ।

प्रदर्शनीमा इतिहाससम्बन्धी ‘सिञ्जाको ऐतिहासिक रुपरेखा’, लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, सत्यमोहन जोशीको ‘नेपाली चाडपर्व’, एसपी आशाको ऐतिहासिक उपन्यास ‘हामीले कसरी प्रजातन्त्र ल्यायौं’, प्रा नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोश’ विश्वेश्वरप्रसाद कोइरालाका उपन्यास लगायत पुस्तक बढी बिक्री भएको साझा प्रकाशनका प्रदर्शनी संयोजक पुण्य ब खरेलले बताए।

पुस्तक प्रदर्शनीमा आउने पाठकले इतिहास, संस्कृति र साहित्यका पुस्तक बढी मन पराउन थालेका छन्।

प्रदर्शनीमा एकदेखि तीन हजार पाँच सय रुपैयाँसम्मका पुस्तक राखिएको छ। एक रुपैयाँ  मूल्य पर्ने ‘हवल्दार देवीप्रसाद’ र ‘भीमसेनपाती’, तीन हजार पाँच सय रुपैयाँ मूल्य पर्ने प्रज्ञा नेपाली वृहत् शब्दकोश पुस्तक प्रदर्शनीमा राखिएको हो।

सांस्कृतिक संस्थानले प्रकाशन गरेको नेपाली संस्कृति पुस्तिका पनि तीन रुपैयाँमै पाइन्छ। यसलाई पनि पाठकले मन पराएका छन्। यसका विभिन्न अंक साझा प्रकाशनको प्रदर्शनी कक्षमा राखिएको छ।

प्रदर्शनीमा एकदेखि तीन हजार पाँच सय रुपैयाँसम्मका पुस्तक राखिएको छ। एक रुपैयाँ  मूल्य पर्ने ‘हवल्दार देवीप्रसाद’ र ‘भीमसेनपाती’, तीन हजार पाँच सय रुपैयाँ मूल्य पर्ने प्रज्ञा नेपाली वृहत् शब्दकोश पुस्तक प्रदर्शनीमा राखिएको हो।

पुरातत्व विभागले प्रकाशन गर्ने प्राचीन नेपालका विभिन्न अंक पनि प्रदर्शनीमा पाउन सकिन्छ। साझाको प्रदर्शनी कक्षमा चार सय ९२ थरीका पुस्तक राखिएको र दैनिक कम्तीमा बीस हजार रुपैयाँ बराबरको पुस्तक बिक्री हुने गरेको उनले बताए। प्रतिष्ठानको बिक्री कक्षमा पनि दैनिक कम्तीमा ३० हजार रुपैयाँसम्मका पुस्तक बिक्री हुने गरेको व्यवस्थापक सुधीर ढुंगेलले बताए।

प्रतिष्ठानले करिब ६ सय थरीका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखेको छ। साझाले २५ देखि ३० प्रतिशत र प्रतिष्ठानले १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिरहेका छन्। प्रदर्शनी यही असार २३ गतेसम्म सञ्चालन गरिने छ। पाठकको रुचि बढे समय लम्ब्याउन सकिने पनि जनाइएको छ।

प्रकाशित: १७ असार २०८० ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App