२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘मजदुर कवि’को दोस्रो एकल वाचन पोखरामा

असार पन्ध्र अर्थात् किसान दिवसका अवसरमा शुक्रबार पोखराका ‘मजदुर कवि’ इन्द्र राना प्रतीकको एकल कविता वाचन गरिएको छ। स्थानीय पुछारसिटे अभियानले दहिचिउरासँगै कविता कार्यक्रम आयोजना गरेर प्रतीकलाई मञ्चमा उभ्याएको हो। कार्यक्रममा प्रतीकले १० कविता सुनाएका थिए।

कविताको रचना गर्भसहित प्रभावशाली ढंगमा उनले कविता वाचन गरेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले  प्रतीकका कवितामा सामाजिक यथार्थ र देशप्रेम झल्किएको बताए।

पोखराका नयाँपुराना लेखकहरूमाझ जोसिएर मजदुर कविले आफ्ना रचना वाचन गरेका थिए। यसअघि वैशाख १८ गते काठमाडौंमा कन्सेप्ट नेपालले उनको पहिलो एकल वाचन कार्यक्रम आयोजना गर्नुका साथै पहिलो कवितासंग्रह भुइँमान्छेका कविता लोकापर्णसँगै ५१ हजार रुपैयाँसहित सम्मान गरेको थियो।

कविताको रचना गर्भसहित प्रभावशाली ढंगमा उनले कविता वाचन गरेका थिए। कार्यक्रममा वरिष्ठ साहित्यकार सरुभक्तले  प्रतीकका कवितामा सामाजिक यथार्थ र देशप्रेम झल्किएको बताए।

पोखराको कार्यक्रममा कवि एवं उपन्यासकार गनेस पौडेलले प्रतीकका २५ हजार रुपैयाँ बराबरका कविताकृति खरिद गरी सम्मान समेत गरेका थिए।

अभियानका सल्लाहकार ईश्वरमणि अधिकारीले सम्मानपत्र हस्तान्तरण गरेका थिए भने अभियानका संयोजक सञ्जिव पौडेलले कार्यक्रमकाे औचित्यबारे उल्लेख गरेका थिए।

कार्यक्रमको सुरुवातीमा कन्सेप्ट नेपाल काठमाडौको तर्फबाट तयार गरेको कवि इन्द्र रानाकाेवृत्तचित्र प्रदर्शन गरिएको थियो।

अभियानका सल्लाहकार ईश्वरमणि अधिकारीले सम्मानपत्र हस्तान्तरण गरेका थिए भने अभियानका संयोजक सञ्जिव पौडेलले कार्यक्रमकाे औचित्यबारे उल्लेख गरेका थिए।

जीवनभरि मजदुरी गर्दै आएका कवि प्रतीक ६० वर्षका भए। उनले कहिले सेती नदीका बालुवा चाले, कहिले घर बनाउने ज्यामी काम गरे, गत पुसदेखि भने पोखराको विन्ध्यवासिनी मन्दिरमा तीर्थालुका नरिवल फुटाउने र प्रसाद बनाउने काम गर्दै आएका छन्।

आफ्ना रचनामा मजदुरका कथाव्यथा लेख्दै आएका र जीवनभरि मजदुरी गरेकाले जनस्तरबाट उनले ‘मजदुर कवि’ उपमा पाएका हुन्। काठमाडौंमा एकल वाचन कार्यक्रम गरेपछि उनको चर्चा चुलिएको छ। उनको उत्साह बढेको छ। उनले पोखरा र दमौलीबाट पनि सम्मान पाइसकेका छन्।

प्रकाशित: १७ असार २०८० ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App