३ असार २०८१ सोमबार
image/svg+xml
कला

चलचित्र ‘परस्त्री’ प्रदर्शनमा

फाइल तस्वीर

नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ। प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले बताए।

‘हामीले बिहीबारबाटै प्रदर्शनमा ल्याउने निर्णय गरेका हौं। नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र प्रदर्शन भइरहेको छ’, उनले भने।

चलचित्र ‘परस्त्री’ का वितरक करण श्रेष्ठले एक दिनअघि प्रदर्शन हुने विषयमा चलचित्र भवनले प्रचार गरिसकेको बताए।

उनले भने, ‘विदेशी चलचित्र समेत बिहीबार नै आउँदै छ। त्यसैले हामीले पनि यहीं समय रोजेका हौं।’

चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपाने लगायतले अभिनय गरेका थिए। निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको उत्तल चलचित्रलाई काठमाडौंमा करण श्रेष्ठ र मोफसलमा अशोक शर्माले वितरण गरेका हुन्।

बुधबार साँझ काठमाडौंमा आयोजित विशेष प्रदर्शनीमा चलचित्र हेर्ने कलाकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन्। ‘चलचित्रकर्मीले दिएको प्रतिक्रियाले हामी उत्साहित भएका छौं। अन्य दर्शकबाट आउने प्रतिक्रियाको प्रतीक्षामा छौैं’, लेखक खनालले भने। सो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेका हुन्।  

प्रकाशित: १४ असार २०८० ०५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App