२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

कविता महोत्सवमा पुरस्कृत सर्वाेत्कृष्ट दश कवि घोषित

नेपाल प्रज्ञाप्रतिष्ठानको ६६औं वार्षिकोत्वसका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा सर्वाेत्कृष्टताका आधारमा पुरस्कार पाउने कविहरूको नाम घोषित भएको छ।

प्रतियोगितामा नेपाली भाषामा ‘ छाेरी, सिमाना र देश’ शीर्षकका लागि कवि उमेश पुन, ‘रक्तिम कथा’  शीर्षकका कृपा करुणा पोखरेल, ‘प्रश्नहरूको विज्ञप्ति’ शीर्षकका जीवन आरोही, ‘कविले के सम्झियो?’ शीर्षकका तीर्थराज विश्वकर्मा, ‘भेरी अभिशप्त बगिरहेछ’ शीर्षकका नवीन अभिलाषी र ‘नौरानको नाम’ शीर्षकका प्रकाश दिप्साली राई र ‘परिचयपत्र’ शीर्षक कविताका कवि राधिका कल्पित पुरस्कृत भएका छन्।

नेपाल प्रज्ञाप्रतिष्ठानको ६६औं वार्षिकोत्वसका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा सर्वाेत्कृष्टताका आधारमा पुरस्कार पाउने कविहरूको नाम घोषित भएको छ।

यस्तै मातृभाषा डोटेलीमा  खिमानन्द जोशी मुई गोठ नाइँ भान्या हुँ, पूर्णानन्द ओझा सन्निको मान्सा, खाम मगर भाषामा टंकबहादुर झाँक्री मगर (वैरागी समीप)को रहुन्के वे बड्डाका कवितालाई उत्कृष्ट घोषित गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट १० कविलाई पुरस्कारका लागि जनही १५ हजार रुपैयाँ व्यवस्था गरिएको छ।

कविहरू: प्रतिसरा सायमी, रमण घिमिरे, हाङयुग अज्ञात, ओमकार उप्रेती ‘प्रथा’ र दीपक सापकोटाको छनोट समितिले मूल्यांकन गरेको प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले बताए।

महोत्सवमा यस वर्षदेखि मातृभाषाका कवितालाई पनि प्रतियोगितामा सहभागी गराइएको थियो। प्रतिष्ठाले हरेक असार ९ गते गर्दै आएको सो महोत्सवमा परम्परागत रूपमा नेपाली भाषाका कविताका अतिरिक्त यसपटकदेखि समावेशी सहभागिताका लागि पहिलोपटक बहुभाषिक कविता आह्वान गरिएपछि मातृभाषाका कविता समेत प्राप्त भई प्रतियोगिताका लागि आएकामध्ये मूल्यांकन समितिबाट वाचनका लागि २५ कविता छनोट भएका थिए।

कविहरू: प्रतिसरा सायमी, रमण घिमिरे, हाङयुग अज्ञात, ओमकार उप्रेती ‘प्रथा’ र दीपक सापकोटाको छनोट समितिले मूल्यांकन गरेको प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीले बताए।

ती कवितामध्ये मातृभाषामा लिम्बू, डोटेली, खाममगर, नेपालभाषा, चाम्लिङ र थामी भाषाका सात र नेपाली भाषामा १८ कविता  छानिएका  छन्। मातृभाषामा प्रस्तुत कवितालाई अनुवादको प्रबन्ध गरिएको थियो।

महोत्सवका लागि छ सय ४४ कविता दर्ता भएका थिए। महोत्सवको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए। कार्यक्रममा प्रज्ञा सेवा पदक शेषराज देवकोटा र सन पुजारी तथा उत्कृष्ट कर्मचारी पुरस्कार नरेन्द्रबहादुर पछिमा थारू, रामबहादुर पहरी र जमुना कुचिकारलाई प्रदान गरिएको थियो।

प्रकाशित: १० असार २०८० ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App