२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

पुस्तकमा मुन्दुम पदमार्गको नालीबेली

भोजपुरका गायक तथा लेखक श्याम सामसोहाङ राईको संस्मराणात्मक कृति मुन्दुम ट्रेल सार्वजनिक गरिएको छ। काठमाडौंको मन्डला नाटकघरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसहितले पुस्तक लोकार्पण गरेका हुन्।

पुस्तकमा भोजपुर र खोटाङमा पर्ने पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गको निर्माण र विकाससँग जोडिएका संस्मरणात्मक निबन्धहरू समेटिएको छ। यसमा मुन्दुम ट्रेलको परिकल्पना र विकास गर्दा भोगेका तितामिठा अनुभूति छन्।

भोजपुरको तिम्मामा जन्मेहुर्केका श्याम सानैदेखि संगीतमा  रुचि राख्थे। एक दशक अघिदेखि उनले आफ्नो थातथलोमा पर्यटनको सपना देख्न थाले। त्यही सपना पछ्याउँदै कैयौं दिनरात भोजपुरका डाँडामा बिताए। अन्ततः मुन्दुम ट्रेलको स्थापना भई नेपाल सरकारले भिजिट नेपाल २०२० को घुम्नै पर्ने सय गन्तव्यमा पर्न सफल पनि भयो।

पुस्तकमा पदमार्गसहित किरात मुन्दुमी मिथकहरूको जानकारी समावेश गरिएको छ। पूर्वी नेपालमा बसोबास गर्ने किरातीको मौलिक संस्कार /संस्कृति  विश्वमा पृथक् रहेकाले यसलाई प्रकृतिसँग अन्तरघुलन गर्दै पर्यटकलाई आकर्षण गर्नु मुन्दुम ट्रेलको मुल उद्देश्य रहेको मुन्दुम ट्रेलका अभियन्ता समेत रहेका लेखक राईले बताए।

कार्यक्रममा मन्त्री किरातीले बाल्यकालदेखि आफ्नो गाउँदेखि देखिने सुन्दर हिमाल, टेम्के डाँडा, त्योसँगै जोडिएका थुम्को, गाउँ वस्ती, चरण क्षेत्रसहित मुन्दुम संस्कृतिलाई किताबमा लिपिबद्ध गरेकमा लेखकालाई आभार प्रकट गरे।

यो एउटा ऐतिहासिक दस्तावेजीकरण कार्य भएको छ। यसले भावी पुस्तालाई आकर्षक पर्यटकीय गन्तव्यको स्वादसँगै किराती संस्कृति, सभ्यता र इतिहासलाई जीवित राख्ने काम गरेको छ,मन्त्री किरातीले भने।

पुस्तकले मुन्दुमीहरूको आदिमथलो  टेम्के, मयुङ, हाँसपोखरी, हुँदै साल्पा सिलुचुङको यात्रामा पाठकलाई डोर्‍याउँछ। कार्यक्रममा  प्राज्ञ राजन मुकारुङ, संस्कृतिविद् डा भक्त राई, आख्यानकार जानुका खतिवडा  र पत्रकार भानु बोखिम लगायतले पुस्तकको प्रशंसा गरेका थिए।  

प्रकाशित: ६ असार २०८० ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App