२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

शब्दसेनाको ‘झेली गर्‍यो नियतिले’ सार्वजनिक

गजलकार कृष्णदेव रिमाल ‘शब्दसेना’ को ‘झेली गर्‍यो नियतिले’ बोलको गजल सार्वजनिक भएको छ।

‘झेली गर्‍यो नियतिले’ प्रेमपरक गजलमा कमल अधिकारीले संगीत दिएका छन्। सुगम संगीतका चर्चित गायक आनन्द कार्की र पूजन मिश्रको आवाजमा स्वरांकन भएको उक्त गजल कमल अधिकारीको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

सो गजलमा वियोगान्त प्रेमकथालाई मूल कथ्य बनाइएको छ। मनैदेखि मन पराएको र हृदयमा हरपल सजाएको मान्छेसँग पनि दुई किनारझैं भएर बाँच्नु पर्दाको पीडा गजलमा छताछुल्ल भएको छ। भिडियो निर्देशक विक्रम चौहानको छायांकनले सो गजललाई थप मनोहर तुल्याएको छ।

झेली गर्‍यो नियतिलेकाे म्यूजिक भिडियाे सार्वजनिक भएपछि संक्षिप्त प्रतिक्रिया दिंदै रिमालले सो गजलले संगीतप्रेमीहरूको मन जित्न सक्ने कुरामा विश्वस्त रहेको बताए।

प्राय: सबै विधामा कलम चलाउने गजलकार रिमाल कुशल शब्द शिल्पी हुन्। उनी विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष पनि हुन्।

प्रकाशित: ३२ जेष्ठ २०८० ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App