२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

नियात्राकार ढकाललाई रञ्जुश्री दामोदर यात्रा वनिता पुरस्कार

वनिता साहित्यिक पत्रिकाले वरिष्ठ नियात्राकार प्रतीक ढकाललाई रञ्जुश्री दामोदर यात्रा वनिता पुरस्कार-२०८१ प्रदान गर्ने भएको छ। वनिता साहित्यिक पत्रिकाले एक विज्ञप्ति मार्फत सो पुरस्कारकाे प्रदान गर्ने घाेषणा गरेको हाे।

समाज सेवाको क्षेत्रमा सुपरिचित नियात्राकार ढकालले साहित्यका विविध विधामध्ये नियात्रामा विशेष योगदान पुर्‍याएका छन्।

वनिता साहित्यिक पत्रिकाले विज्ञप्ति मार्फत साहित्य, संगीत, रंगमञ्च र सञ्चार क्षेत्रमा योगदान गर्ने स्रष्टाहरूलाई २०८० र २०८१ सालका विभिन्न पुरस्कार एकैसाथ प्रदान गर्ने घोषणा गरेको हो।

वनिता साहित्यिक पत्रिकाले वरिष्ठ नियात्राकार प्रतीक ढकाललाई रञ्जुश्री दामोदर यात्रा वनिता पुरस्कार-२०८१ प्रदान गर्ने भएको छ।

विज्ञप्तिअनुसार ‘वनिताश्री रत्न सम्बुद्ध गोपालप्रसाद रिमाल अभिनन्दन’ बाट प्राडा अभि सुवेदी, ‘देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार २०८० बाट बालसाहित्यकार शाश्वत पराजुली, २०८१ बाट बालसाहित्यकार छायादत्त न्यौपाने रहेका छन्।

यस्तै ‘वनिताश्री डा. नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती पुरस्कार २०८० समालोचक प्राडा सावित्री मल्ल कक्षपती र २०८१ बाट समालोचक फणिन्द्रराज निरौलालाई पुरस्कृत गरिने भएको छ।

यस्तै ‘वनिताश्री देवकुमारी थापा कथा विशिष्ट पुरस्कार २०८० कथाकार किशोर पहाडी र २०८१ बाट कथाकार सुष्मिता नेपाललाई पुरस्कृत गरिने भएको छ।

यस्तै ‘व्यथित काव्य वनिताश्री पुरस्कार २०८० बाट कवि नरेद्रबहादुर श्रेष्ठ र २०८१ बाट कवि ठाकुर बेलवासेलाई पुरस्कृत गरिने भएको छ।

यस्तै ‘वनिताश्री देवकुमारी थापा कथा विशिष्ट पुरस्कार २०८० कथाकार किशोर पहाडी र २०८१ बाट कथाकार सुष्मिता नेपाललाई पुरस्कृत गरिने भएको छ।

यस्तै ‘रन्जुश्री दामोदर यात्रा वनिता पुरस्कार २०८० बाट नियात्राकार युवराज नयाँघरेलाई पुरस्कृत गरिने भएको छ।

यस्तै ‘वनिताश्री उन्नती बोहरा शीला गीतसंगीत पुरस्कार २०८० र २०८१ सालको पुरस्कार संगीतकार-गायक राज सिग्देल र गायिका राधिका भण्डारीलाई संयुक्त रूपमा प्रदान गरिंदै छ।

यसै गरी ‘वनिता विशेष वसुश्री-मधु पुरस्कार२०८०’ संगीतकार मञ्जु नकर्मी र २०८१ बाट बालसाहित्यकार रश्मि रिमाललाई पुरस्कृत गरिने भएको छ।

यस्तै ‘वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार २०८० साहित्यकार हरि बराल र २०८१ बाट अनुवादक राजेन्द्र गुरागाईलाई प्रदान गरिने भएको छ।‘वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार’ ह्याप्पी किड्स मन्टेश्वरीका स्कुलका नानीहरूलाई प्रदान गरिने छ।

यसै गरी ‘वनिता विशेष वसुश्री-मधु पुरस्कार२०८०’बाट संगीतकार मञ्जु नकर्मी र २०८१ बाट बालसाहित्यकार रश्मि रिमाललाई पुरस्कृत गरिने भएको छ।

वनिता पत्रिकाकी प्रकाशक एवं सम्पादक साहित्यकार लक्ष्मी उप्रेतीले उक्त पुरस्कार चाँडै प्रदान गरिने बताएकी छिन्।  

प्रकाशित: २७ वैशाख २०८० ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App