२० असार २०८१ बिहीबार
image/svg+xml
कला

डा. इनु महत खड्काका दुई कृति लोकार्पण

साहित्यिक पत्रकार संघले साहित्यकार डा. इनु महत खड्काका ‘घनश्याम राजकर्णिकारः नियात्रा र पूर्वीय संस्कृतिको अभिव्यन्जना’ र ‘पूर्वीय संस्कृति र दर्शन’ दुई अनुसन्धानात्मक कृतिको लोकार्पण गरेकाे छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीकाे अध्यक्षता र वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र केसीकाे आतिथ्यमा कृतिकाे लाेकार्पण प्रमुख अतिथि केसीले गरेका हुन्।

स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार संघले अरनिको भिलेज रिसोर्ट प्रालि भक्तपुरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ समालोचकहरू-प्राडा कृष्णप्रसाद दाहाल र प्राडा गोविन्दमान सिंह कार्कीले कृतिकाे समीक्षात्मक मन्तव्य राखेका थिए।

साहित्यिक पत्रकार संघले साहित्यकार डा. इनु महत खड्काका ‘घनश्याम राजकर्णिकारः नियात्रा र पूर्वीय संस्कृतिको अभिव्यन्जना’ र ‘पूर्वीय संस्कृति र दर्शन’ दुई अनुसन्धानात्मक कृतिको लोकार्पण गरेकाे छ।

यसैगरी समालोचकहरू-डा. शान्ति गिरी, नीलकण्ठ भुसाल र प्राडा देवमणि भट्टराईले पनि दुवै कृतिबारे पाठकीय टिप्पणी गरेका थिए।

वरिष्ठ नियात्राकार युवराज नयाँघरेले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा प्रमुख अतिथि डा. सुरेन्द्र केसी, अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकार, कृतिका लेखक डा. इनु महत खड्का, पुस्तकका प्रकाशक अरनिको भिलेज रिसोर्ट प्रालिका अध्यक्ष माधवकुमार खड्का लगायतले आआफ्नो मन्तव्य राखेका थिए।

कार्यक्रममा लेखक डा. इनु महत खड्का, प्रकाशक माधवकुमार खड्का, पुस्तकका सम्पादक प्राडा कृष्णप्रसाद दाहाललाई मायाको चिनोसहित सम्मान गरिएको थियो।

कार्यक्रममा लेखक डा. इनु महत खड्का, प्रकाशक माधवकुमार खड्का, पुस्तकका सम्पादक प्राडा कृष्णप्रसाद दाहाललाई मायाको चिनोसहित सम्मान गरिएको थियो।

यसैगरी नेपाल बालसाहित्य समाजको अध्यक्षमा निर्वाचित भएकोमा वरिष्ठ समालोचक प्रमोद प्रधानलाई बधाई ज्ञापन गरिएको थियो।

कार्यक्रममा वरिष्ठ संगीतकार प्राज्ञ प्रदीप बमजन र गायिका कमला रिसालले गीत गाएका थिए। साहित्यकार किरणहजुर खड्काले संचालन गरेको सो कार्यक्रममा गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, वरिष्ठ साहित्यकार शैलेन्द्र साकार, नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकाल लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती, दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुली,अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडी, नारी साहित्य समाजकी अध्यक्ष गीता कार्की, सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिल, चेतन कार्की प्रतिष्ठानका महासचिव मुरारि सिग्देल, साहित्यकारहरू जयदेव भट्टराई, ध्रुव मधिकर्मी, विना पोखरेल (अमेरिका), सावित्री श्रेष्ठ, डा. बुनु दाहाल, राज रजक, विक्रमभक्त जोशी, शान्ति रिसाल, रमेश दाहाल, उषा केसी, मनिला वन्त, ईलु शर्मा, सुष्मा अंशु, हिमाल जिसी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १७ वैशाख २०८० ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App