२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

पेरोल साहित्य प्रतिष्ठानले मनायो हाइकुमय नयाँ वर्ष

पेरोल साहित्य प्रतिष्ठान नेपालले शुभकामना आदानप्रदान तथा हाइकुमय कार्यक्रम गरेर नयाँ वर्ष २०८० मनाएको छ।

पेरोल साहित्य प्रतिष्ठानकी अध्यक्ष रेणुका भट्टराईको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानको पूर्व सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो।

कार्यक्रमको प्रमुख अतिथि प्रज्ञाप्रतिष्ठानको पूर्व सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले हाइकुलाई नेपाली माटो सुहाँउदो बनाउँदै जानुपर्नेमा जोड दिए। उनले नेपाली साहित्यमा हाइकु समृद्धि हुँदै गएको पनि बताए।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि प्राडा रामकुमार पाँडेले हाइकु विश्व कविता भएकाले नेपाली लेखन उर्वर भूमि भएको बताए। साथै ५-७-५को संरचनामा हाइकु लेखिनु नै नेपाली पर्दछ भने।

यसैगरी विशिष्ट अतिथि प्रा.पुष्कर लोहनीले नेपालमा हाइकुको प्रवेशसँगै विकासको यात्रामा लागिरहेको बताए।

सो कार्यक्रममा अतिथि प्राज्ञ चेतनाथ धमला,गंगा लिगल, मोहनबहादुर कायस्थ, दिल पौडेल, चन्द्रकला शाह र ललिता ‘दोषी’ लगायतले हाइकु वाचनको साथ शुभकामना मन्तव्य दिएका थिए।

वैरागी जेठाको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको संचालन साहित्यकार अन्जना पौडेलले गरेकी थिइन्। कार्यक्रममा नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना सहित उपस्थित स्रष्टाहरूबाट हाइकु वाचन भएको थियो। सानु शर्मा,उर्मिला पन्त, ललिता ‘दोषी’ अन्जना पौडेल, वैरागी जेठा, सुनिल पुरी दिल पौडेल, पुष्कर लोहनी, प्राडा रामकुमार पाँडे, प्रमुख अथिति लगायतले हाइकु वाचन गरेका थिए।

कार्यक्रममा पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष वी.के पाल्पालीले हाइकुमा पुयाएको योगदानबारे चर्चा गरिएको थियो।

उक्त कार्यक्रममा ढुण्डिराज पोखरेल, रामहरि सापकोटा, सुस्मिता वेलबासे, तारा खड्का,शान्त बस्नेत र संचारकर्मी महेश्वर अधिकारी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २ वैशाख २०८० ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App