२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

ताम्राकारका नगाइएका गीतहरू सार्वजनिक

गीतकार लक्ष्मणकृष्ण ताम्राकारको गीतिसंग्रह ‘नगाइएका गीतहरू’को एक समारोहका बिच सार्वजनिक भएको छ।

सिर्जना अभियान समाजको आयोजनामा भएको एक समारोहमा प्रमुख अतिथि हास्यकलाकार मदनकृष्ण श्रेष्ठले सो गीतिसंग्रहको सार्वजनिक गरेका हुन्।

प्रमुख अतिथि हास्यकलाकार श्रेष्ठले ताम्राकारका गीतमा अत्यन्त सरल र भावपूर्ण रूपमा मनका भावनाहरू प्रस्तुत  भएको बताए। उनले गीतहरू राम्रा भएकाले त्यसबाट आफूले पनि एउटा गीत गाउने बाचा गरे।

साहित्यकार ध्रुव मधिकर्मीले कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए। उनले प्रस्तुत कृतिमा मानवीय जीवनका विविध भावनालाई स्रष्टाले हार्दिकताका साथ अभिव्यक्त गरेको बताए।

गीतकार ताम्राकारले गीत लेख्दा आफ्नो अनुभूति र भावनालाई सकेसम्म हार्दिक र लयालु होस् भनेर निकै प्रयास गरेको बताए।

गीतकार चुडामणि देवकोटाको सभाध्यक्षमा भएको सो कार्यक्रममा गायक जुजुकाजी रञ्जित, सरोजिनी तण्डुकार, डा.सविना श्रेष्ठ ताम्राकार र प्रतिसरा सायमी लगायतले शुभकामना दिएका थिए।

सिर्जना अभियान समाज प्रकाशक रहेको सो कृतिमा मायाप्रेम, वियोग, समसामयिक स्थिति, देशभक्ति, बाँच्नका लागि आवश्यक सकारात्मक सोच र उज्यालो आशा प्रतिविम्बित ८८ गीत सङगृहीत छन्।

प्रकाशित: २० चैत्र २०७९ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App