२ पुस २०८१ मंगलबार
image/svg+xml
कला

आजदेखि चलचित्र ‘प्रेमा’ प्रदर्शन हुँदै

आजदेखि नेपाली चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ। प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ।  

गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गरेका छन। धनगढीबाट आफ्नी दिदी भिनाजुको घरमा आएकाी प्रेमाले बस विसौनीमै आकाशलाई झगडा गर्दै गरेको यसमा देख्न सकिन्छ। प्रेमालाई आकाश गुण्डा झैँ लाग्छ। थुनामा पारेपछि मात्र प्रेमालाई आकाश निर्दोष रहेको थाहा हुन्छ।  

आफ्नो गल्तीलाई भुलाउँदै क्षमा मागेकी प्रेमा विस्तारै आकाशसँग नजिकिँदै प्रेममा पर्छिन। यद्दपि भौगोलिकसँगै विचार र व्यवहारमा समेत फरक देखिएको सो जोडीको प्रेममा समस्या आउँछ। दुवै छुटिने बाटोमा पुगेपछि आकाश सडक दुर्घटनामा पर्छन।  

निहारिकाको कारबाट भएको दुर्घटनाविरुद्ध आकाशले प्रहरीमा मुद्दा नहालेपछि दुवैको भेटघाट बढ्छ। आकाशको व्यक्तित्वले निहारिका आकर्षित भएपछि उनीसंग प्रेम बस्छ। यी दुवैको विवाह हुनै लाग्दा प्रेमा आइपुग्छिन। त्यसपछि आउने आरोहअवरोहलाई चलचित्रमा देखाइएको छ।  

चलचित्रमा निर्देशक भण्डारीले भनेझैँ आफू प्रस्तुत भएको अभिनेत्री खड्काले बताइन। “मलाई सुरूमा यसमा सुहाउँदीन कि भन्ने लागेको थियो। यद्दपि निर्देशकले भनेपछि विश्वस्त भए।”, उनले अभिनेत्री भनिन– “प्रेम र जीवनको फरक पाटोलाई प्रेमाले बुझाइन। यो विसुद्ध प्रेमकथामा बनेको चलचित्र हो”,  

अभिनेत्री खड्काझैँ अभिनेता क्षेत्रीको समेत यो दोस्रो चलचित्र हो। उनले यसमा निर्वाह गरेको भूमिका निर्देशककै अनुसार गरिएको बताए।  

“यसमा नयाँ र पुरानो दुवै पुस्ताको प्रतिनिधित्व गरिएको छ। आकाशमार्फत प्रेमको फरक पाटोलाई चित्रण गर्न खोजेका छौँ”, अभिनेता क्षेत्रीले भने, “प्रेम र आकाशको प्रेममा आउने आरोहअवरोहले अहिलेको पुस्ताको सम्बन्धमा आउने दरार र समाधान बुझाउँछ। यस्तो भूमिकामा देखिने मेरो चाहना पूरा भयो।”  

निर्देशक भण्डारीले भेटेको एक युवतीको भोगाइलाई ‘प्रेमा’मा मिसाएर चलचित्र लेखेको बताए। “मैले कतै प्रेमाजस्तै पात्र भेटेको थिए। अहिले प्रेममा स–साना कुराले पनि समस्या आउने गरेका छन्। यी सब क्षणिक हुन्। चलचित्र हेरेपछि त्यो थाहा हुन्छ”, उनले भने, “द्वन्द्वप्रधान चलचित्रमार्फत निर्देशकमा पाइला टेके। यसपछि प्रेमकथानक चलचित्र चार÷पाँच वर्षसम्म  बनाउँदिन।”  

प्रेमाको छायाङ्कन काठमाडौँ, धनगढी र कर्णालीमा  गरिएको हो। चलचित्रमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया लगायतले अभिनय गरेका छन। चलचित्र ‘प्रेमा’लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गरेको हो।  

प्रकाशित: १७ चैत्र २०७९ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App