२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कवि नारायण ज्ञवालीका ‘गथासो’ सार्वजनिक

नेपालका सामुदायिक विद्युत अभियन्ता तथा जागरूक कवि नारायण ज्ञवालीको कवितासंग्रह ‘गथासो’ एक विशेष कार्यक्रम बिच नेपाल प्रज्ञाप्रतिष्ठानमा सार्वजनिक भएको छ।

सार्वजनिक कार्यक्रममा अर्थविद रत्नसंसार श्रेष्ठ, जलस्रोतविद् पूर्वमन्त्री दीपक ज्ञवाली, अर्थविद् तथा प्रर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनी, ऊर्जाविज्ञ तथा नेता लीलामणि पोख्रेल, ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे लगायत दर्जनौं ऊर्जा अभियन्ता तथा विशेषज्ञहरूको सहभागिता थियो।

लोकप्रिय ‘नेपाली व्याकरण गीत’ का सर्जक विमल घिमिरेले कृतिबारे बोलेका थिए। उनले कृतिमा विविध विषयमा केन्द्रित समसामयिक कविता तथा गीति रचना समेटिएको बताए।

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको अठारौं राष्ट्रिय परिषद् बैठकको महत्त्वपूर्ण अवसर पारेर कृतिको लोकार्पण गरिएको थियो।

प्रकाशित: २ चैत्र २०७९ ०४:४५ बिहीबार

अक्षर