११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

साइनो

लघुकथा

लता केसी

‘अनि कसरी विश्वास गर्नु त हो मैले दाजुलाई? देख्दै नदेखेको, भेट्दै नभेटेको मान्छेलाई?’ शंका प्रकट गरी मेसेजमा उसले, मप्रति!

मैले सम्झाउँदै भनें, ‘दिनै भिडियो कलमा बोल्दा अझ बुझ्न सकिनौ र मलाई? वर्षौ भयो त हाम्रो चिनजान! अब पनि किन पो अविश्वास?’

‘फेसबुकको नाता, टाढा विदेशको मान्छे, त्यो पनि घरपरिवार भएको! यसरी मेसेजमा मात्तिन त म छोरी मान्छे त्यो पनि कन्याकुमारी! मलाई त डर लाग्छ। मलाई त मान्छे मान्छे बिचको आत्मीय र मानवता मात्र मनपर्छ है’ भनेर ऊ अझ स्पष्ट पार्न थाली।

मैले पनि उसको भावनाको कदर गरें। बहिनी बनाएँ। स्वदेश आ’को बेला भाइटीकामा टीका थाप्ने आश्वासन दिएँ। ऊ आश्वस्त भई। धन्य हो, हाम्रो धर्म र संस्कार जस्तो लाग्यो, मनमनै। ऊ ढुक्क भएर दिनहुँ दाजु भन्दै मसँग दुखसुख साटन थाली।

‘फेब्रुअरी १४ कस्तो भयो त यसपाला?’ मैले सोधें, आजै कुराकानीको दौरानमा।

ऊ अलि लजाई, ‘भनूँ कि नभनूँ?’

‘मसँग केको लाज?’ खुलेरै भन न!’ अलि सहज बनाउने कोसिस मेरो तर्फबाट भयो।

ऊ अनकनाउँदै मलाई केके सोधी। मैले नि सहज रूपमा उत्तर दिएँ। फेरि पनि पासो फ्यालें, ‘यत्ति भन्न नि लाज मानेकी त दाजुसँग?’

‘होइन नि! हिजो राति एउटा अचम्मको सपना देखें क्या!’

‘कस्तो सपना?’

घुर्कीको भावमा मैले भनें, ‘मन लागे भन नत्र नभन। ल बाई है त, मेरो काम छ।’

उसले नरम भएर सोधी,‘रिसाउनुभा’को?’

‘गाली नगर्नू है त! म भन्छु। ल सुन्नू।’

ऊ सपना भन्न थाली, ‘दाजु, तपाईं नि हाम्रो घर आउनुभाको थियो अनि मलाई चकलेट दिंदै अंकमाल गर्नुभयो। घरमा अरू मान्छे देखेर कानमा सुटुक्क भन्नुभयो,‘यहाँ त डिस्टर्ब हुने भयो, एकैछिनलाई बाहिर भेट्म् न है’ भनी र हाँस्दै फोन काटी।

प्रकाशित: २६ माघ २०७९ ०५:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App