२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

दिव्य गिरीको पुत्लादहन लोकार्पण

साहित्यिक पत्रकार संघको आयोजनामा मीनभवनस्थित थाहा पुस्तकालयमा वरिष्ठ लघुकथाकार दिव्य गिरीको दोस्रो लघुकथासंग्रह पुत्लादहनको लोकार्पण भएको छ। प्रमुख अतिथि समालोचक डा. लक्ष्मणप्रसाद गौतम, अतिथिहरू: प्रा. रामकुमार पाँडे,अशेष मल्ल, डा. सावित्री मल्ल कक्षपति लगायतले पुस्तकको लोकार्पण गरेका थिए।

आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. गौतमले दिव्य गिरीका लघुकथाहरूमा समकालीन समय, समाज र मानिसका प्रतिच्छाया पाइने बताए।

उनले गिरी प्रतिनिधि लघुकथाकार भएकोमा कुनै दुविधा नरहेको बताउँदै संरचना शैलीको पक्षमा भने परिमार्जन गर्नुपर्ने ठाउँ रहेको उल्लेख गरे।

समीक्षक डा. सावित्री मल्ल कक्षपतिले दिव्य गिरीका लघुकथाहरूको विभिन्न उद्धरण प्रस्तुत गर्दै गिरीका लघुकथाहरू नेपाली लघुकथा क्षेत्रको प्राप्ति भएको चर्चा गरे।

समीक्षक युवराज मैनालीले गिरीका लघुकथामा जीवनका विभिन्न पक्ष र घटनाको चित्रणका साथै व्यंग्य पनि पाइने बताए।

कार्यक्रमका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार संघले स्वर्ण महोत्सव मनाइरहेको यस घडीमा विभिन्न विधा केन्द्रित कार्यक्रमको आयोजना गरिरहेको बताए।

कार्यक्रममा समालोचक डा. नारायण गडतौलाले शुभकामना दिएका थिए भने साहित्यकार प्रमोद प्रधानले गिरीको परिचय प्रस्तुत गरेका थिए।

लोकार्पण कार्यक्रममा स्रष्टा दिव्य गिरीले दुई लघुकथा वाचन गरेका थिए। साहित्यकार श्रीबाबु कार्कीले चलाएको कार्यक्रममा आयोजक संस्थाका सदस्य डा. दामोदर पुडासैनी किशोरले स्वागत मन्तव्य दिएका थिए।

प्रकाशित: ७ पुस २०७९ ०४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App