२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

अक्षरमार्गको दशौं वार्षिकोंत्सवमा सात स्रष्टा सम्मानित

अक्षरमार्गले आफ्नो दशौं वार्षिर्कोत्सवको अवसरमा सात स्रष्टालाई सम्मान गरेको छ। नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यको प्रमुख आतिथ्यमा सात स्रष्टालाई सम्मान गरिएको हो।

वरिष्ठ साहित्यकार तथा संस्कृति शिरोमणि हरिराम जोशीलाई विष्णुहेम अक्षरमार्ग वरिष्ठ साधक सम्मान, प्राडा लक्ष्मणप्रसाद गौतमलाई श्रीराम स्मृति अक्षरमार्ग स्रष्टा सम्मान, इतिहासकार तथा साहित्यकार प्राडा पुरुषोत्तम लोचन श्रेष्ठलाई नरबहादुर अक्षरमार्ग स्रष्टा सम्मान, नरेशवीर शाक्यलाई कृष्णसुन अक्षरमार्ग साहित्यिक पत्रकार सम्मान, प्राडा गार्गी शर्मालाई कृष्णदास अक्षरमार्ग स्रष्टा सम्मान र रामसुन्दर देउजालाई अक्षरमार्ग भरतराज काभ्रेली गौरव सम्मान प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यले सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र र नगदराशि प्रदान गरेका थिए।

सो कार्यक्रममा प्रमुख अतिथि कर्माचार्यले साहित्यको कर्मबाट समाज उज्यालो हुने बताउँदै नेपाली भाषा र साहित्यमा अक्षरमार्गको उल्लेख्य भूमिका रहेको बताए।

कार्यक्रममा सम्मानित स्रष्टा हरिराम जोशीले इतिहास र संस्कृतिबाट मानिसको परिचय रहने कुरा बताए।

सोही कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, वरिष्ठ साहित्यिकार मोहन दुवाल, प्राडा शैलेन्दुप्रकाश नेपाल, प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ, प्राडा गार्गी शर्मा,नरेशवीर शाक्य, रामसुन्दर देउजा लगायतले मन्तव्य दिएका थिए।

सो कार्यक्रममा अक्षरमार्गका सम्पादक सूर्यप्रसाद लाकोजूका ‘पनौतीका केही जात्रापर्वहरू’ र ‘कवितामा समवेत स्वरहरू’ कवितासंग्रह लोकार्पण गरिएको थियो। लोकार्पित कवितासंग्रहमा नेपाल र अन्य मुलुकका  केही कविका कविता सङगृहीत छन।

प्रकाशित: ३ पुस २०७९ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App