२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

‘अनुभूतिका महक’ लोकार्पण

नेपाल स्रष्टा समाजको आयोजनामा कवि ध्रुव जोशीको नेपाली हिन्दी र उर्दू त्रिभाषा कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पण भएको छ।

नेपाल स्रष्टा समाजले आयोजना गरेको एक कार्यक्रम बिच स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवस, प्राडा कृष्णप्रसाद दाहाल, कवि ध्रुव जोशी र डा. सञ्जिता बर्माले कवि जोशीका ‘अनुभूतिका महक’ लोकार्पण गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि दिवसले बुढ्यौलीले लेखनमा खासै प्रभाव नपार्ने तथा प्राविधिक क्षेत्रका भए पनि कवि जोशीमा उत्तिकै कवित्व क्षमता भएको बताए।

कार्यक्रममा प्राडा कृष्णप्रसाद दाहाल र प्राडा सञ्जिता वर्माले कृतिबारे समीक्षात्मक टिप्पणी गरेका थिए। दुवैले लोकार्पित कृति निकै पठनीय भएको बताए।

कार्यक्रममा श्रीओम श्रेष्ठ रोदन, चेतनाथ कँडेल लगायतले बोलेका थिए। उक्त कविताकृति ‘रामहरि जोशी चन्द्रतीर्थ ट्रष्ट’को सहयोगार्थ प्रकाशित गरिएको हो।

मधु पाठकले सञ्चालन गरेको सो कार्यक्रम स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित: ३ पुस २०७९ ०४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App