२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

‘चन्द्रयुग’ का न्यौपाने सम्मानित

चेरव स्मृति प्रतिष्ठानले अठत्तीसौं चेरव जन्मजयन्तीको अवसरमा महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई चेरव स्मृति सम्मान प्रदान गरेको छ।

मध्यभोटेकोसी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर रामगोपाल शिवाकोटीको प्रमुख आतिथ्यमा नेपाली साहित्यको बृहत्तम् महाकाव्य ‘चन्द्रयुग’ तथा दर्जनौं कृतिमार्फत् नेपाली भाषा साहित्यमा समर्पित भएकोमा न्यौपानेलाई सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष धर्म पोखरेलले सम्मानित व्यक्तित्व न्यौपानेको बहुआयामिक व्यक्तित्वबारे चर्चा गरेका थिए।

यसै अवसरमा प्रतिष्ठानले हिमाद्री बाइसौं अंकको लोकार्पण तथा फुटसल प्रतियोगिताको समेत आयोजना गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै रामगोपाल सिवाकोटीले चेरव स्मृति प्रतिष्ठानको गतिविधिको सराहना गरेका थिए। उनले निरन्तर रूपमा प्रतिष्ठानलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

विशेष अतिथि तथा सान्जेन जलविद्युत कम्पनीका  प्रमुख कार्यकारी अधिकृत इ. सुनिलकुमार ढुंगेलले चेरबका विचारहरू मर्न नदिन पिता पुण्यप्रसाद घिमिरेले गरेको कार्यको प्रशंसा गरेका थिए।

सम्मानित व्यक्तित्व न्यौपानेले आफूलाई सम्मान गरेकामा खुसी व्यक्त गर्दै निरन्तर रूपमा लेखनमा लागिपर्ने बताए।

यसै अवसरमा नेपाल विद्युत प्राधिकरणका कर्मचारी एवं विद्युतकर्मी साहित्य समाजका अध्यक्ष कृष्णदेव रिमालले हिमाद्री बाइसौ अंकको समीक्षा गरेका थिए।

कार्यक्रममा थीरकुमार खत्री, कुमार ओझा, हरिकृष्ण घिमिरे, शुकदेव घिमिरे, रामप्रसाद रिमाल, चेतनाथ धमला, ईश्वरीप्रसाद घिमिरे, अजय घिमिरे,रामप्रसाद घिमिरे आदि स्थानीय समाजसेवी अतिथिका रूपमा सहभागी थिए।

सो अवसरमा कवि लय कोइरालाले एउटा छन्द कविता वाचन गरेका थिए भने फुटसल खेलमा विजयी खेलाडीहरूलाई प्रमुख अतिथिले पदक र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतिष्ठानका सदस्य मधुस न्यौपानेको सञ्चालन र प्रतिष्ठानका अध्यक्ष पुण्य घिमिरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित: २५ मंसिर २०७९ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App