२२ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

विश्व कीर्तिमानी डा. डी. आर. उपाध्यायलको थप २२ विश्व कीर्तिमान सार्वजनिक

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी. आर. उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक गरेका छन्। सोमबार काठमाडौंमा एक विशेष समारोहमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा कीर्तिमानी उपाध्यायका थप २२ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण एवं एल्वम विमोचन गरिएको हो।

प्रथम उपराष्ट्रपति झाले डा. उपाध्यायलाई विभिन्न विश्व रेकर्ड प्रदान गर्ने ११ ओटा संस्थाले उपलब्ध गराएका प्रमाण-पत्र हस्तान्तरण गरेका भने समारोहमा ‘अविच्छिन्न’ एल्वम विमोचन गरिएको थियो। यसअघि विभिन्न विधामा गिनिज बुक अफ वर्ल्ड रकेर्डसहित ११० विश्व रेकर्ड कायम गरेका उपाध्यायको वर्ल्ड रेकर्डको संख्या १३२ पुगेको छ।

यसअघि अन्तर्राष्ट्रिय पचास भाषामा गीत, एकै दिन सबैभन्दा धेरै दैनिक पत्रिकामा लेख प्रकाशित, गीतको सबैभन्दा सानो पुस्तक, नोट साइजको गीतको पुस्तक, ३७० ओटा आर्टिकल एक वर्षमा लेखेर, १५० देशका पर्यटकीय स्थलको गीत लेखेर, सबैभन्दा छोटो गीत लेखर जस्ता विविध विधामा विश्व कीर्तिमान कायम गरेका डा. उपाध्यायले आइतबार सार्वजनिक विश्व रकेर्डमा उपाध्यायका २५ गीत म्युजिसियनले २५ एकै थलोमा मेलोडी बजाएको, गीति कविता अंग्रेजी अक्षरको एदेखि जेडसम्म, पानीमाथि ढुंगामा बसेर गीति एल्वम विमोचन, आफ्ना गीतको ४५ ओटा भिडियोको एक एल्वम, र्‍याप गीत ४/४, २/४, ६/८ र ३/४ स्केलमा, अन्तरिक्षमा गएका व्यक्तिहरूको नाममा गीति कविता जस्ता विधामा रहेका छन्।

डा. उपाध्यायलाई एभरेष्ट वर्ल्ड रेकर्ड, च्यापियन बुक अफ वर्ल्ड रकेर्ड, एशियन वर्ल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, अमेरिका बुक अफ रेकर्ड, द व्रिटिस वर्ल्ड रेकर्ड, एक्सकुलुसिभ वर्ल्ड रेकर्ड, युआरएफ वर्ल्ड रकेर्ड, सुप्रिम वर्ल्ड रेकर्ड, किंग्स बुक अफ रेकर्ड, वर्ल्ड ट्यालेन्ट बुक जस्ता वर्ल्ड रेकर्ड प्रदान गर्ने विभिन्न ११ ओटा संस्थाले विश्व कीर्तिमानको प्रमाणप्रत्र प्रदान गरेका हुन्।

समारोहमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पूर्व अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए भने गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणि देवकोटा र खनाल समाजका महासिचव माधव खनालले शुभकामना मन्तव्य राख्नुका साथै डा. उपाध्यायलाई बधाई दिएका थिए।

सञ्चारकर्मी नरेश भट्टराईले सहजीकरण गरेको समारोहमा डा. उपाध्यायलाई प्रमुख अतिथि झाले बधाई तथा शुभकामना सम्मान अर्पण गरेका थिए। विभिन्न क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको समारोहमा गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, पत्रकार राजेन्द्र लुईंटेल, सुभाष प्रधान, निर्देशक माइकल चन्द, भिडियो सम्पादक शिलन लम्साल, सञ्चारकर्मी नरेश भट्टराई र कृष्ण भूषाललाई द ब्रिटिस वर्ल्ड रेकर्डले प्रदान गरेको अनर सर्टिफिकेट प्रदान गरिएको थियो।

डा. उपाध्यायको सार्वजनिक ‘अविच्छिन्न’ गीति एल्वममा चार गीत समावेश गरिएको छ। एल्वममा ‘चितामाथि जलिरहेछु’, ‘खै कस्तो माया बसेछ’, ‘तिमी टाढा हुँदा’, ‘भावनाबाट टाढिंदा’ जस्ता गीत समावेश गरिएको छ। एल्वममा रहेका गीतमा सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरदको संगीत रहेको छ भने विश्व नेपाली, जगत तिरुवा, प्रताप दास, ममता गुरुङ र सागर अधिकारीको स्वर छ।

प्रमुख अतिथि झाले डा. उपाध्यायका कर्म उनका लागि मात्र नभएर देशकै लागि गौरव रहेको बताए। उनले भने,‘डा. उपाध्याय अर्थात् धर्मराज उपाध्याय देशकै लागि गौरव बन्नुभएको छ। उहाँका दिनमा यस्ता कार्य अझ थपिंदै जाऊ न भन्ने उहाँलाई शुभकामना र बधाई दिन्छु।’

सो अवसरमा प्रमुख अतिथि झाले आफ्नो जीवनको भोगाइसमेतका विषयवस्तु समेटिएको पुस्तक ‘मधेसको माटो म (सप्तरीदेखि शासनसत्तासम्म)’ कार्यबारे चर्चा समेत गरेका थिए।

डा. उपाध्यायले आफू यतिकै बस्न नसक्ने र सिर्जनशील कार्यहरू फरक ढंगले गर्दै जाँदा विश्व कीर्तिमानको संख्या थपिंदै गएको बताए। एनएनटिभीले प्रत्यक्ष प्रसारण गरेको समारोहमा नेपाल चलचित्र कलकार संघका उपाध्याक्ष मोहन निरौला, वरिष्ठ गायिका ज्ञानु राणा, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, एभरेष्ट वर्ल्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठ, चिनिया मामिला जानकार दिनेश खनाल, चीनका पूर्व अधिकारी जेन जि स्याङ, सुनिता खनाल, खनाल समाजका कृष्णप्रसाद खनाल, प्रदीप खनाल लगायतका खनाल बन्धुका साथै विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो।

प्रकाशित: १४ मंसिर २०७९ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App