सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको उपमेयरमा मतगणनाको सुरुदेखि अग्रता लिइरहेकी गठबन्धनका तर्फवाट माओवादी केन्द्रका उम्मेदवार शान्तिअधिकारीलाई उछिनेर एमालेका उम्मेदवार कन्दकला रानाले अग्रता लिएकी छन्।
५१ हजार ६५ मत गणना हुदाँ एमालेका रानाले १० हजार ८ सय ८० मत प्राप्त गरेकी छन्। भने माओवादी केन्द्रका अधिकारीले १० हजार ७ सय २ मत प्राप्त गरेकी छन्। रानाले अधिकारीलाई १ सय ७८ मत अन्तरले अग्रता लिएकी छन्। अधिकारीले मतगणनाको शुरु देखि नै अग्रता लिएकी थिइन्। भने राना मतगणनाको शुरुमा तेश्रोमा थिइन्।
स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीलाई उछिनेर रानाले अधिकारीलाई पछ्याईरहेकोमा करिव ५१ हजार मतगणना हुदाँ अग्रता लिएकि हुन्। उपमेयरमा राना र अधिकारी बिचको प्रतिस्पर्धा रोचक बनेको छ । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजा मत पाएका छन्।
धनगढी उपमहानगरपालिकाको वडा नं १, वडा नं २, वडा नं ३, वडा नं ४, वडा नं ५, वडा नं ६, वडा नं ७, १५, वडा नं १६ र वडा नं १७, वडा नं १८ र वडा नं १९ को मतगणना सकिएको छ। वडा नं ८, वडा नं ९, वडा वडा नं १२, वडा नं १३ र वडा नं १४ को मतगणना भैरहेको छ। भने वडा नं १०, वडा नं ११ का मत पेटिका खोल्न वाँकी छ। ६३ हजार ७ सय १५ जनाले मतदान गरेका थिए।
प्रकाशित: ७ जेष्ठ २०७९ ०४:३९ शनिबार