२ पुस २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

मत बदर धेरै

जानकी गाउँपालिकामा दुई हजार ९७ मत गन्दा तीन सय १८ मत बदर भयो। यहाँ पाँच हजार आठ सय ४५ मत खसेको थियो। पाँच सय ४६ मतले यहाँ जसपा नेपालले अग्रता लिएको छ। अहिलेसम्म चार सय ९६ मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ। त्यसपछि बदर भएको मत बराबर अरु दलले मत ल्याउन सकेका छैनन्। यति मात्र होइन जिल्लाका अधिकांश वडामा यसरी नै मत बदर भएको देखिन्छ।

निर्वाचन आयोगले यसपालिको स्थानीय तहको चुनावमा मतदाता शिक्षालाई प्राथमिकता नदिँदा बदर मत बढ्दो छ। मतमा ल्याप्चे लगाएका, लाइन छुएकालगायतका मत भेटिएका निर्वाचन अधिकृतका कार्यालयहरुले जनाएका छन्। बाँकेमा पूर्णतया मतपत्र बदर हुनेभन्दा पदको मतपत्रहरु बदर भएको अवस्था धेरै छ। स्थानीय तहको मतपत्रमा एउटै मतपत्रमा पाँचवटा मतपत्र छन्। 

ती हरेक मतपत्रहरु फरकफरक पदका लागि हुन्। तर निर्वाचन आयोगले यसभन्दा अघिको निर्वाचनमा पूर्ण बदर भएका मतलाई मात्रै तथ्यांकमा समावेश गरेको थियो। उक्त निर्वाचनमा पूर्ण बदर मतको प्रतिशत ६.८४ प्रतिशत थियो। समान्यतया तीन प्रतिशतभन्दा बढी मत बदर भएमा त्यसलाई राम्रो मानिँदैन। तर बाँकेको शिक्षित भनिएको नेपालगन्जमै १४ प्रतिशत मत पूर्णरुपमा बदर भएको थियो।  

यसपटक पनि बदर मत बढ्ने गणनामा सहभागीहरु बताउँछन्। उनीहरुको चिन्ता विभिन्न पदमा बदर भएमा मतलाई लिएर छ। ‘वडाध्यक्षको त धेरै मत बदर भयो। नभए हाम्रोले जित्ने सम्भावना धेरै थियो,’ मतगणनामा बसेका एक प्रतिनिधिले भने। बाँकेका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाई पनि पूर्ण बदरभन्दा पदहरुमा मत बदर हुने प्रवृत्ति देखिएको बताउँछन्। 

यसलाई सामान्यरुपमै लिनुपर्ने उनले दाबी गरे। ‘मतपत्र नै ठूलो छ। धेरै मतदाता झुक्किएको देखिएको छ,’ उनले भने। राजनीतिक दलका प्रतिनिधिहरु यसपटक गठबन्धनका दललाई प्राप्त मत बदर भएको बताउँछन्। कहाँ कसलाई मत दिने भन्ने अन्योलतामा परेर पनि विभिन्न पदका मतहरु बदर भएको उनीहरु बताउँछन्।

सबैभन्दा शिक्षित देखिएको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुरमा समेत मत बदरको संख्या बढ्दो छ। ‘मत बदर हुनु भनेको मतदाता शिक्षा नपाउनु हो,’ नेपालगन्ज–१८ का डिल्ली चन्दले भने, ’ नेपालगन्ज–१८ का डिल्ली चन्दले भने, ‘निर्वाचन आयोगले मतदाता शिक्षा दिनु पथ्र्याे। 

यसभन्दा अघि मताधिकार गरेको बृद्धबृद्धा तथा अशिक्षित मतदाताले मत हाल्ने तरिका बिर्सिएका थिए। अनि नयाँ मतदातालाई पनि राम्रो ज्ञान थिएन।’ मतदाता शिक्षा अभाव हुँदा ठूलो संख्यामा मत खेर गएको छ। बदर भएको मत सदर भएको भयो त्यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मतपरिणाममा केही अदलबदल पार्ने सक्ने कोहलपुरका रामकिशन थारुले बताए।

प्रकाशित: २ जेष्ठ २०७९ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App