१५ वैशाख २०८१ शनिबार
image/svg+xml
निर्वाचन विशेष

पुथा उत्तरगंगा गाउँपालिकामा माओवादी विजयी

निर्वाचित अध्यक्ष उपाध्यक्ष ।

पूर्व रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा माओवादी विजयी भएको छ। गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पुनीराज घर्ती ३ हजार ९ सय १३ विजयी भएका हुन्। उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार तेजेन्द्र खाम मगरले २ हजार १ सय १३ मत प्राप्त गरेका छन्।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि माओवादीकै भूपेन्द्रा बुढा विजयी भएका छन्। उनले ४ हजार ५९ मत प्राप्त गर्दा निकटम प्रतिद्धन्दी नेपाली कांग्रेसकी कलाकुमारी मल्लले २हजार १० मत प्राप्त गरेका छन्।

यहाँ माओवादीले ११ वडा जितेको छ भने २ एमालेले १ कांग्रेसले जितेको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि गाउँपालिका दुवै मुख्य पदमा माओवादी केन्द्र विजयी भएको थियो।

प्रकाशित: २ जेष्ठ २०७९ ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App