कला/साहित्य

बाढी प्रभावित क्षेत्रबाट फर्किएपछि रिचा शर्माले भनिन्: अहिलेको तत्कालीन आवश्यकता लताकपडाको रहेछ

 अभिनेत्री रिचा शर्मा हाल बढी प्रभाविद् स्थानमा पुगेकी छन्। त्यहाँको अवस्था अवलोकन गर्दा तत्कालका लागि व्यक्तिहरूलाई आधारभूत आवश्यकता रहेको बताएकी छन्।

उनी हाल गोशेगुम्बामा छिन्। त्यहाँको अवस्था संवेदनशील रहेको बताएकी छन्। शुक्रबार दिउसो भिडियो सार्वजनिक गर्दै उनले त्यहाँको अवस्थाबारे जानकारी गराइन। उनले भिडियोमा भनिन्– ‘हाल महिला तथा पुरुषहरूलाई लुगा कपडाको निकै नै आवश्यकता रहेको छ। महिलालगायत  १६ जना बच्चाहरू छन्। यिनलाई डाइपर, दूधलगायतका आधारभूत सामाग्रीको निकै नै आवश्यकता रहेको छ।’

उनले थपिन बाढी पीडितलाई गुम्बाले खाने कुरा दिइरहेको छ, तर गुम्बालाई पनि हामीले सहयोग गर्नु पर्छ। उनले सबैलाई त्यहाँको पीडितको लागि लुगा कपडामा सहयोग गर्न आग्रह गरेकी छन्।

प्रकाशित: १२ भाद्र २०८३ १८:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App