१६ वैशाख २०८१ आइतबार
image/svg+xml
भिडियो

तीन देशका साहसिक महिला सगरमाथा आरोहण गर्दै

काठमाडौं– नेपाल, भारत, र चीनका तीन महिलाले संयुक्त सगरमाथा आरोहण गर्दै छन्। 

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामु मालाई नेपालको झण्डा र नेपाल भ्रमण वर्ष २०२० को लोगो हस्तान्तरण गरी सफल आरोहणको शुभकामनासमेत दिएका थिए।

१८ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल पेम्बादोर्जे शेर्पाले आरोहण दलको नेतृत्व गर्नेछन्। 

आरोहणलाई नेपाल भ्रमण वर्ष २०२० को साथ छ। साथै आगामी भ्रमण वर्ष २०२० लाई यो आरोहणले सहयोग पुग्ने बताइएको छ। 

उक्त आरोहण समूहलाई प्रधानमन्त्री केपी ओलीद्वारा हस्ताक्षर गरिएको भ्रमण वर्ष २०२० को झण्डा हस्तान्तरण गरिने छ। उक्त झण्डा सगरमाथाको चुचुरो मा गाडिने छ। 

आरोहणको मुख्य उद्देश्य विश्वभरिका महिलालाई नेपाल आई साहसिक कार्य गर्न प्रेरणा मिलोस् भन्ने छ।

प्रकाशित: २ वैशाख २०७६ १५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App