१६ वैशाख २०८१ आइतबार
image/svg+xml
भिडियो

छाउपडी प्रथा अन्त्यका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव

सुदुरपश्चिम र कर्णाली प्रदेशमा अझै पनि छाउपडी प्रथाले विकराल रुप लिई रहेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । संसदको आजको बैठकमा सतारुढ दल नेकपाका सांसद बृन्दा पाण्डेले छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान नै संचानल र कानुन वनाउनुपर्ने भन्दै सार्वजनिक महत्वको प्रस्ताव ल्याउनुभएको थियो । सो प्रस्तावमाथी छलफल गर्दै सांसदहरुले छाउपडी प्रथाका आडमा अहिले पनि महिला हिंसाका घटना भै रहदा सरकार उदासिन रहेको टिप्पणी गरे । 

अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा लगायत मुलुकका दुई दर्जन भन्दा बढि ग्रामीण जिल्लाहरुमा यो प्रथा अझै कायमै छ । पछिल्लो समय छाउपडी प्रथा कम हुदै गएपनि निर्मुल हुन नसकेको भन्दै सांसदहरुले कडाइका साथ कानुन कार्यान्वयनमा जोड दिएका छन् ।

छाउपडी प्रथाकै महिलाहरु हिंस्रक जनावरको शिकार देखि आङ खस्ने समस्या ब्यहोर्दै आएका छन् । छाउपडी प्रथा विरुद्ध विभिन्न सरकारी तथा गैरसरकारी निकायले अभियान पनि संचालन गर्दै आएका भएपनि प्राय अभियान प्रभावकारी हुन सकेको देखिदैन । अर्कौ तर्फ सस्कृतिको आडमा महिलाहरूमाथि हुने यस्ता अमानविय व्यवहारहरू रोक्न राज्यले विशेष पहल लिनुपर्ने देखिन्छ । 

प्रकाशित: २२ फाल्गुन २०७५ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App