स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बिमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
कर्णाली क्षेत्रको दुर्लभ वन्यजन्तु रेडपाण्डालाई जोगाउन र वन्यजन्तुको अवैध शिकार रोक्न, जडीबुटीको चोरी नियन्त्रण गर्न, र जंगलको सुरक्षा गर्ने उद्देश्यले ८ जना व्यक्तिलाई यो जिम्मेवारी दिइएको छ।
त्रिमूर्ति निकेतनले ६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान पुर्याउने रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।
काठमाडौँ महानगरपालिकाले सहरीकरणले क्षय भएको ‘ब्लु ल्याण्डस्केप’ (नदी, पोखरी, तलाउ, धारालगायत पानीजन्य प्रणाली) र ‘ग्रीन ल्याण्डस्केप’ (बगैँचा, पार्क, खुला हरियाली स्थान) को जीवन्तता प्राप्त गर्ने विषयमा पूर्व सम्भाव्यता अध्ययन सुरु गरेको छ।