२१ आश्विन २०८१ सोमबार
image/svg+xml
भिडियो

पीडाले विह्वल निर्मला पन्तका बुवा यज्ञराज(भिडियाे)

काठमाडौं – १३ वर्षीया छोरी निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधीको पहिचान र कारबाहीको माग गर्दै धर्नामा रहेका बुवा यज्ञराज पन्तको मानसिक अवस्थासमेत विछिप्त बन्दै गएको छ।

गत साउन १०मा छोरी निर्मला हराएदेखि पीडाका प्रहार खेपिरहेका यज्ञराज अहिले एकाएक बर्बराउने, चिच्याउने गालिगलौज गर्नेजस्ता अस्वाभाविक व्यवहार देखाइरहेका छन्। साउन ११ मा छोरीको बलात्कार र हत्याभएको पीडामा रहेका यज्ञराज दोषीको पहिचान र कारबाहीको माग गर्दै कञ्चनपुरदेखि काठमाडौसम्म आएर हार गुहार गरे। तर हत्या भएको ४ महिना पुग्नलाग्दा पनि प्रहरीले अपराधी पहिचानसमेत गर्न असफल भइरहेको छ।

केही दिनदेखि उनी डिप्रेसनको शिकार भएको चिकित्सकहरुले आशंका गरेका छन्।कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले पनि पन्तको स्वास्थ्यमा समस्या देखिएको भन्दै उपचारका लागि राजधानी ल्याउन परिवारले अनुमति दिए आफूहरु तयार रहेको बताएका छन्। 

१३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो । घटनाको अनुसन्धानमा लापरवाही गरेको अभियोगमा तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर बर्खास्त भएका छन् । तर, हत्यारा अझै पत्ता लागेको छैन।
उनले आसपासमा रहेका व्यक्तिलाई गालिगलौज गर्ने, नरिन्तर बोलिरहने, आत्महत्या गर्छु भन्नेजस्ता अभिव्यक्ति दिने गरेका छन्। उनी निर्मलालाई खोज्न जान भन्दै एक्कासी हिड्नेजस्ता गतिविधि देखाउछन्। हेर्नुहोस भिडियो– (भिडियाे साैजन्यः प्याराे नेपाल)

 

प्रकाशित: ८ मंसिर २०७५ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App