६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

घरायसी विवादको कारण आफ्नै श्रीमतीलाई बन्चरोले हानेर हत्यागर्ने धनुषा, क्षिरेश्वरनाथ नगरपालिका–६ का २८ वर्षीय कुशे साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।

खुलेआम गोली हानी प्रहरी जवानको हत्या

भारतको बिहार राज्यको मुगेर जिल्लास्थित रेल्वे स्टेशनमा ड्युटीमा रहेका एक राज्य पुलिसका जवानलाई खुलेआम गोली हानी गरी हत्या गरिएको छ। आक्रमणकारी प्रहरीलाई खुलेअाम गाेली प्रहार गरेपछि सर्वसाधारणको भागाभाग भएको थियो।

श्रीमतीद्वारा श्रीमानको हत्या

कपिलववस्तुको बाणगंगा नगरपालिका–१ बैरियामा शनिबार राति श्रीमतीले आफनै श्रीमानको निर्मम हत्या गरेकी छन्। स्थानीय दुर्गा न्यौपानेले आफनै श्रीमान २९ वर्षीय शंकर न्यौपानको हत्या गरेको प्रहरीले जनाएको छ ।

अमेरिकामा मुस्लिम धर्म गुरु र उनको एक सहयोगीको गोली हानी हत्या

अमेरिकामा एक मुस्लिम गरु र उनको एक सहयोगीको गोली हानी हत्या गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । न्युयोर्क शहरको क्विन्स् सडकमा हिडिरहेका उनीहरुमाथि पछाडिबाट एक अज्ञात व्यक्तिले गोली प्रहार गरेको अमेकिरी प्रहरीका प्रवक्ताले बताए । उनीहरु दुवै जनाको टाउकोमा गोली लागेको थियो ।

भक्तपुरमा किशोरीद्वारा आत्महत्या

भक्तपुर—कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा अनुत्तीर्ण भएपछि गएराति एक किशोरीले आत्महत्या गरेकी छिन्।

लण्डनमा छुरा प्रहार गरी एक युवकद्वारा १ को हत्या, पाँच घाइते

लण्डन– सेन्ट्रल लण्डनको रुसेल स्क्वायरमा एक युवकले अन्नाधुन्द छुरा चलाउदाँ एक महिलाको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

फ्रुटीमा विष मिलाएर ज्वाईंद्वारा ससुराको हत्या प्रयास

भोजपुर– आफ्नै ससुरालाई खानेकुरामा विष मिसाएर हत्या गर्न खोजेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। षडानन्द नगरपालिका–२ का ३५ वर्र्षीय रुद्रबहादुर विकले आफ्नै ससुरा ६५ वर्षीय बेलनबहदुर विकको फ्रुटीमा विष मिसाएर हत्या गर्न खोजेको आरोपमा साउन १२ गते प्रहरीले पक्राउ गरेको हो।

आमाले नै गरिन् शिशुको हत्या

एक आमाले नवजात शिशुको हत्या गरेकी छन। जंकोट–७ दमाकुरका ३० वर्षीय दलसरी डाँगीले नवजात शिशु हत्या गरेकी हुन्। दिलसरीलाई उनका सासु झुलमतिले शिशु हत्याको अभियोगमा प्रहरीमा उजुरी दिएकी थिइन्।

यौन सम्बन्ध खुलासा हुने डरले बालक हत्या

पश्चिम इरिबाङमा यौन सम्बन्ध खुलासा हुने डरले एक बालको हत्या गरिएको छ। सौतेनी आमा र उनका यौन सहकर्मीले बालक हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनायो। इरिबाङ-१ ओगाउँका बिमला पुनमगर र स्थानिय गोविन्द पुनमगरले १४ वर्षीय बालक भरत पुनमगरको हत्या गरेका हुन।

'अजितको सुनियोजित हत्या'

काभ्रे होक्सेका अजित ढकाल मिजारको आत्महत्या नभई सुनियोजित हत्या  भएको निश्कर्ष सार्वजनिक गरेको छ। गत असार २९ गते घरनजिकै तामाघाटबाटै बेपत्ता भई ३० असारमा धादिङको गजुरीमा उनको शव फेला परेको थियो। शव बारे गजुरी प्रहरीले आत्महत्या भएको वेवारिसे शव भन्दै गाडेको थियो।

चक्कु हानी १९ को हत्या

जापानमा अपाङ्गता भएकाहरुको आवसीय सेवा केन्द्रमा गरिएको चक्कु हमलामा कम्तीमा १९ जना मारिएका छन् । घाइते २० मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

हत्यामा संलग्न तामाङ १५ बर्ष पछि पक्राउ

काठमाडौं-हत्यामा संलग्न एक मुख्य अभियुक्तलाई प्रहरीले १५ बर्ष पछि पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने रामेछाप खनियापानी गाविस–६ का विवेक, सम्राट योञ्जन, दानबहादुर लामा उपनामका ४२ बर्षीय दानबहादुर तमाङलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले १५ बर्ष पछि बौद्धबाट पक्राउ गरेको हो।

बुहारी हत्या आरोपमा सासु पक्राउ

कोहलपुर-बुहारी हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय कोहलपुरले चिसापानी १ की रामदेवी सार्कीलाई नियन्त्रणमा लिएको छ। बुहारी सिता सार्की (२२) लाई हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्