३० वैशाख २०८१ आइतबार
image/svg+xml

‘दलीय नायक वरपर नै कतिविधी भ्रष्टाचार !’

पूर्व सभामुख दमननाथ ढुंगानाले ‘राजनीति नै अपराधिकरण हुन लागेजस्तो’ टिप्पणी गर्दै चिन्ता व्यक्त गरेका छन्।

महरालाई हाजिर जमानीमा छाड्ने वा म्याद थप गर्ने विषयमा आज टुङ्गो लाग्ने

म्याद सकिए पछि महराको म्याद थप गर्ने वा स्वास्थ्यका कारण हाजिरी जमानीमा छाड्ने भन्नेबारे आज टुङ्गो लाग्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

सुन प्रकरणमा कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

प्रतिनिधि सभाद्वारा सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित

जनता समाजवादी पार्टी, नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएकोमा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ।

कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश बन्दैन: उपसभामुख राना

उपसभामुख इन्दिरा रानाले कार्यपालिका र न्यायपालिका संसदप्रति हाबी भए देश नबन्ने बताएकी छिन्।

फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सो निर्देशन दिए।

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रहरीले संसद भवन छिर्न नदिएपछि पूर्वसभामुख ढुंगाना भन्छन्: ‘पक्राउ परेजस्तो अनुभुति भयो’

कार्यक्रमको स्थानका बारेमा अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन्।

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

यस्तै, बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची समेत रहेको छ।

यसकारण भयो संसद् स्थगन....

सरकार र प्रतिपक्ष दलहरुबीच विवाद भएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि संसद् स्थगन गरेका छन्।

प्रतिनिधि सभाको बैठक ११ बजे बस्दै

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाउने छन्।

प्रजातन्त्र दिवसका अवसरमा सभामुखको शुभकामना

सभामुख देवराज घिमिरेले प्रजातन्त्र दिवसले स्वतन्त्रताको अभ्यासमार्फत विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्।

दल, सरोकारवाला निकाय र सञ्चारको एकताबाटै सुशासन कायम गर्न सकिन्छ : घर्ती

प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले संघीयता कार्यान्वयन, संक्रमणकालीन न्यायजस्ता महत्त्वपूर्ण विधेयकमाथिको छलफललाई प्रभावकारी बनाउन सांसदले अध्ययन, अनुसन्धानलाई सशक्त बनाई थप क्रियाशील हुन आवश्यक रहेकाे बताएका छन्।

सभामुखद्वारा सोनाम ल्होसारको शुभकामना

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोनाम ल्होसार पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता र सद्भाव कायम होस् भनी शुभकामना दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्