७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

सुकुम्बासीहरूको उठिबास

वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति पुगेको छ। घटनास्थलमा पुगेर प्रहरीले उद्धार गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। जिल्लाको चाँगुनारायण नगरपालिका–६ नयाँ गाउँ बस्ने विक्रम तामाङको जस्ताको घर पहिरोका कारण जोखिममा परेको छ।

रोल्पामा घर भत्किँदा दुई जनाको मृत्यु

रातभरि परेको अविरल वर्षाका कारण घर भत्किँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ। रोल्पा प्रहरीका अनुसार रोल्पा नगरपालिका – १० धवाङको बाम्लामा मध्यराति पुर्णबहादुर थापाको घर भत्किँदा करिब ५ वर्षीया बालिका र ७० वर्षीया गौरी थापाको मृत्यु भएको हो।

बाढीले पाइप बगाउँदा पानीको हाहाकार

अविरल वर्षापछि आएको बाढी र पहिराले खानेपानीको पाइप बगाउँदा नवलपरासी ९बर्दघाट–सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ।

अविरल वर्षाले उदयपुरमा हजारौं बिगाहा धानखेत नष्ट

दिन बिराएर हुँदै आएको वर्षाका कारण समथर र तराई भेगमा डुवान र कटानको समस्या बढेको हो भने पहाडी भेगमा पहिरोको जोखिम बढेको हो।

पहिरोलो घर बगाए

अविरल वर्षाका कारण शनिबार धनकुटाको सहिदभूमी गाँउपालिका– ६ आखिसल्लामा पहिरोले घर बगाएको छ । गाँउपालिकाको वडा नं ६ बस्ने मान बहादुर राना मगरको ढुंगा माटो र फुसको छाना भएको १ तले घर आज १२ : ३० को समयमा पहिरो जादाँ पहिरोले घर बगाएको प्रहरीचौकी कार्यालय आखिसल्ला ले जनाएको छ ।

बाढीपहिरोमा ४४ जनाको मृत्यु

यस वर्षाका कारण अहिलेसम्म करिब तीन करोड ६७ लाख ३९ हजार सात सय रूपैयाँ बराबर धनमाल क्षति भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जनाए ।

पाँच दिनदेखि बन्द कर्णाली राजमार्ग खुल्यो

अविरल वर्षाका कारण पाँच दिनदेखि बन्द कर्णाली राजमार्ग खुलेको छ । पहिरोका कारण कर्णाली राजमार्गमा चल्ने सवारीसाधन रोकिएका थिए । कर्णाली राजमार्गको कालिकोट खण्डमा मात्रै तीन दर्जन भन्दा बढी ठाँउमा पहिरो गएको थियो । जसमध्ये दुई ठाउँमा ठुलो पहिरो खसेको थियो ।

आगामी २४ घण्टा मुलुकभर नै वर्षा

मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ।

तयारी नहुँदाको तनाव

विद्यमान ऐनले निकै राम्रा प्रावधान समेट्दा समेट्दै पनि त्यसलाई सरोकारवाला निकायले गम्भीरतापूर्वक लिएको पाइएन। अहिले विपत् बढिरहँदा हामी हेरिरहन बाध्य छौँ। ऐनले नै पूर्वतयारी, प्रतिकार्य, पुनर्लाभ, पुनव्र्यवस्थापन र पुनर्निर्माणमा जोड दिँदै पूर्वतयारीले क्षति न्यून गराउन सक्ने बताउँदा हामी त्यसमा चुक्यौँ।

भोंजेगाउँका ११ घर पहिराेको उच्च जोखिममा

पहाडी जिल्ला लमजुङको क्ह्वोलासोथर गाउँपालिका –७ स्थित भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा छन्। बुधबारदेखि परेको अविरल वर्षाले आज बिहान पहिरो जान थालेपछि बस्तीका घर जोखिममा परेको वडा सचिव तक्मा विकले बताए।

बेंसीसहर–चामे सडक अवरुद्ध

अविरल वर्षाले पहिरो जाँदा गए रातिदेखि बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ३ खुदीमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो

बेंसीसहर–चामे सडक अवरुद्ध

अविरल वर्षाले पहिरो जाँदा गए रातिदेखि बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका ३ खुदीमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो

गुल्मीको इस्मामा पहिरो जाँदा दुई जनाको मृत्यू, एक वेपत्ता

अविरल वर्षाका कारण गुल्मीमा पहिरोले पुरिएर दुई जनाको मृत्यू भएको छ, भने एक जना वेपत्ता छन्। अविरल वर्षापछि पहिरोले बगाउँदा गुल्मी इस्मा गाउँपालिका–१ मा दुई बच्चाको मृत्यू भएको हो । बसन्त सारुका १६ महिनाका छोरा सुरज सारु, इश्वरी खत्रीको छोरी वर्ष ८ कि अपेक्षा खत्री पहिरोले पुरिएर मृत अवस्थामा शुक्रबार फेला परेका हुन्।

तिलाठीसहित आधा दर्जन गाउँ डुबानमा पर्ने खतरा

तीनचार दिनदेखि पूर्वी पहाडी र तराईका जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तरीको दक्षिणी भेगका आधा दर्जन गाउँ बाढीको डुबानमा पर्ने खतरा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्