६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

आउँदो चुनावका लागि उदयपुरमा झण्डै २ लाख २९ हजार मतदाता

गएको स्थानीय तह चुनावमा ९८ मतदान केन्द्र र २ सय ५८ मतदान केन्द्र रहेकोमा आउँदो चुनावमा १ सय १ मतदानस्थल र २ सय ६४ मतदान केन्द्र कायम गरिएको छ। गएको स्थानीय तह चुनावमा सबभन्दा बढी मतदाता त्रियुगा नगरपालिकामा थिए।

सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे कार्यदल सदस्यसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन्।

आम निर्वाचन २०७९: कास्की कांग्रेसमा आकांक्षीको लामो लिष्ट

‘आकांक्षीको लिष्ट निकै नै लामो तयार भएको छ। आकांक्षा देखाउन सबैले पाउँछन, तर अन्तिम टुंगो लगाउँदा पार्टीले निकै नै विचार पुर्‍याउनुपर्नेछ,’ कास्की कांग्रेसका सहसचिव सिग्देलले भने, ‘यो नै अन्तिम टुंगो भने होइन, अहिले आकांक्षी देखिँदैमा उम्मेदवारी टुंगो लाग्ने पनि होइन, आकांक्षी हुन जो कोही पाउँछ।’

उम्मेदवारी दिने दलको मात्रै मतपत्रमा चुनाव चिन्हः ‘बदर मत घटने, सत्ता गठबन्धनलाई फाइदा’

कारणः कांग्रेस र माओवादी तालमेल गरेर मेयर र उपमेयरमा एक/एक पद बाँडेको भएपनि मतपत्रमा भने दुबै दलका चुनाव चिन्ह राखिएको थियो। उपमहानगरमा स्थानीय तहको निर्वाचनमा कुल खसेको ७६ हजार ५ सय ४८ मतमध्य १० हजार ७ सय १० मत बदर भएको छ। अधिकांश मत पत्रमा माओवादी र कांग्रेसका दुबै चिन्हमा मत हालेर बदर भएको छ भने कतै छाता (जसपा) र रुखमासँगै मत हालिएको छ, जबकी जसपाको उम्मेदवार नै कोही थिएन।

निर्वाचन २०७४ः ताप्लेजुङमा समानुपातिकतर्फ १६ प्रतिशतसम्म मत बदर

जिल्ला निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी बदर मत प्रदेशसभा (१)को समानुपातिकतर्फ भएको पाइएको छ। त्यसबेला २२ हजार ८ सय ७२ मत खसेकोमा ३ हजार ६ सय ३ मत बदर भई १९ हजार १ सय ७९ मत सदर भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्