६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

जेठ २१: उत्सव कि अभिशाप !

अन्तरजातीय विवाह गर्न खोज्दा जाजरकोटका नवराज विक र उनका ५ साथीको समेत बीभत्स हत्या भएको छ। तर जनयुद्धका कमान्डरमध्येका एक पूर्वगृहमन्त्री जनार्दन शर्मा उल्टै हत्यारा जोगाउने अभिव्यक्ति दिन्छन्। अनि म सोच्छु– मलाई विद्यार्थी जीवनमा देखाइएको साम्यवादको सपना यस्तै थियो !

चौरजहारी घटना: ‘राजनीतिक आडमा तोडमोड प्रयास’

जेठ १० गते रुकुम पश्चिमको चौरजहारीमा भएको घटनालाई राजनीतिक आडमा तोडमोड गर्ने प्रयास भइरहेको दलित अधिकारकर्मीले आरोप लगाएका छन्। केही स्थानीय तथा जनप्रतिनिधिले घटना तोडमोड गरी दोषीलाई उम्काउने प्रयास गरिएको राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्ष मानबहादुर नेपालीले बताए।

ज्यानमारा ‘जात’

जुनसुकै मूल्यमा भए पनि ‘जात जान’ दिन हुँदैन, चाहे ज्यानै लिन वा जेलै जान किन नपरोस्। रुकुम चौरजहारी नगरपालिका–८, सोतीमा देखिएको त्यो ‘अभूतपूर्व’ सजातीय एकता र ‘युद्ध’ यसैका खातिर हो।

चौरजहारी घटना: मृतक सबैको टाउकोमा चोट

प्रेम विवाहका लागि केटी लिन आउँदा भएको घटनामा बेपत्ता भएका ६ जनामध्ये पाँच जनाको शव फेला परेको छ।

जल्यो लास, नमरोस् न्याय

भेरी नदीको किनारमा अन्तरजातीय प्रेममा मृत्युवरण गरेका नवराज बिकको चिता तयार हुन्छ । नवराजका बुवा मोहन न त्यो चिता हेर्न सक्छन् न त त्यो मृत्यु स्वीकार्न सक्छन् । तर बाध्यता उनले त्यो चितामाथि राखिएको लासमा दाग बत्ति दिनै पर्छ र कूरुर हत्यापछि भएको अप्रत्यासित मृत्यु स्वीकार्नै पर्छ ।

सामाजिक घटनामा राजनीतिक रंग, जनप्रतिनिधि नै विभाजित

प्रेम सम्बन्धमा बाँधिएका जाजरकोट भेरी–४, रानागाउँका नवराज बिक र रुकुम पश्चिम चौरजहारी–८, सोतिकी सुष्मा मल्ल विवाहमा बाँधिने निर्णयमा पुग्छन्। दुवैको सल्लाहअनुसार शनिबार नवराज खुसीसाथ सुष्माको घर पुगे। जब सुष्मालाई लिन खोज्छन् अनि वीरबहादुर (बुवा), प्रकाशी (आमा) सहित वडाध्यक्ष डम्बरबहादुर मल्लसहित गाउँले नै नवराज र उनका साथीमाथि जाइ लाग्छ।

अन्तरजातीय जोडीको हत्या!

हो अब यस्ता प्रेमिल जोडीलाई निर्धक्कसँग जिउने वातावरण बनाइदिन यस सँग सम्बन्धित सबैपक्षले सोच्नुपर्ने समय आएको छ। समस्यालाई कानुनको प्रयोगभन्दा पनि जातीय सद्भाव कायम गर्नेगरी सबैले सहयोग गर्नुपर्ने समय भैसकेको छ। प्रेम विवाह गरेका अन्तरजातीय जोडीलाई राज्यले प्रोत्साहन गर्नुको विकल्पमा छुवाछुत कसुर ऐन २०६८ विपरीत सुरक्षा निकायले समेत बेवास्ता गर्नु कति सम्मको लापरबाही हो ?

दलित युवकको हत्यारालाई कारबाही माग

गण्डकी प्रदेश सांसदहरूले दलित युवाको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । गण्डकी प्रदेशको बजेट अधिवेशनका रूपमा चलिरहेको प्रदेशसभाको मंगलबारको बैठकको विशेष तथा शून्य समयमा बोल्ने प्रदेश सांसदहरूले अन्तरजातीय विवाह गर्न खोज्दा दुलाहा नवराज विश्वकर्मासहित तीन युवाको हत्या भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

रुकुमको चौरजहारी घटना लज्जाजनक

रुकुम पश्चिम चौरजहारीमा गाउँलेको कुटाइबाट दलित युवाको मृत्यु भएको घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सांसदहरूले माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरूले रुकुमको चौरजहारी घटना लज्जाजनक भएको जनाएका छन्।

रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर यही जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न आग्रह गरेको छ।

समाजले केटाको जिम्मा लगाएको केही घन्टामै किशोरीको शव

गत जेठ ९ गते राति रुपन्देही देवदहकी १५ वर्षीया दलित थरकी किशोरीलाई सोही ठाउँका २२ वर्षीय वीरेन्द्र भरसँग घरनजिकै रहेको एकान्त ठाउँमा एकसाथ स्थानीयले देखे।

अन्तरजातीय विवाहको पीडाः न गाउँमा बस्न नै पाए, न पढ्न नै

अन्तरजातीय विवाह गरेका जुनीचाँदे गाँउपालिका–५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योति शाह चार वर्षदेखि जिल्ला सदरमुकाम खलङ्गामा विस्थापित जीवन बिताइरहेका छन्।

'अन्तरजातीय प्रेम गरे डेढ लाख जरिवाना र समाजबाट बहिस्कार'

महापञ्चायतले जारी गरेको आदेशअनुसार जात नमिल्नेसँग प्रेम गरेमा युवतीसहित परिवारका सदस्यलाई समाजबाट वहिष्कार गरिनेछ र डेढ लाखसम्म जरिजाना हुनेछ।

अन्तरजातीय जोडीको दुःख : घर स्याङ्जा, विहे गर्न सर्लाही अदालतको शरणमा

अन्तरजातीय बिवाह परिवारले नस्वीकारेका कारण पुतलीबजार नगरपालिका–४, स्याङ्गजाका २३ वर्षीय सुशील पोखरेलले केही दिनअघि सर्लाही जिल्ला अदालतबाट ‘कोर्ट म्यारेज’ गरे। स्थानीय २० वर्षीया संगम परियारसँग झण्डै ३ वर्ष लामो प्रेम सम्बन्धलाई उनले अदालतको सहारामा गत फागुन ३० गते औपचारिक लगनगाँठो कसेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्