७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

काबुल तालिबानीको कब्जामा, इस्लामिक राष्ट्र घोषणा गर्ने तयारी

उता तालिबानीहरुले भने अब छिट्टै तालिबानीहरुले अफगानिस्तानको सत्ता सम्हाल्ने बताएका छन्। उनीहरुले अब छिट्टै इस्लामिक राज्य स्थापनाको घोषणा गर्ने बताएका हुन्। तालिबानहरुले आफ्ना लडाकूहरुलाई राजधानी काबुल प्रवेश गर्न अनुमति दिएका थिए।

तालिबान काबुल पसेपछि राष्ट्रपति घानीले देश छाडे

तालिबान लडाकुका एक प्रतिनिधिले घानी कहाँ छन् भन्नेबारे सोधखोज भइरहेको बताए। तालिबान लडाकुले एकपछि अर्काे प्रान्त र सहर कब्जा गरेपछि काबुलस्थित अमेरिकी दूतावासका कर्मचारीलाई हेलिकोप्टरबाट विमानस्थल लगिएको छ।

तालिबान आक्रमणपछि ८० भन्दा बढी अफगान सिपाहीहरू उज्वेकिस्तानमा

तालिबान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सीमा क्षेत्रमा तैनाद् ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीय प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ।

काबुल कब्जा गर्दै तालिबान

तालिबानले एक बयान जारी गर्दै भनेको छ, ‘हाम्रा लडाकूहरु शहरका बाहिरी इलाकामा छन्, तर अहिले नै शहर भित्र जादैँनौं। अहिले सरकारसँग सत्ता हस्तान्तरण र सुरक्षाको बारेमा वार्ता भइरहेको छ।’

'हतियार कब्जा तालिबान आक्रमणको सफलताको कडी'

अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले भने,“हामीले हाम्रा अफगान साझेदारहरूलाई ‘सबै औजारहरू’ प्रदान गर्‍यौं। तर अफगान सुरक्षा फौजले त्यस लडाइँको लागि खासै जोड देखाएका छैनन् र हजारौंको सङ्ख्यामा सक्रिय तालिबानले उनीहरूलाई प्रमुख सहरहरूबाट तुरुन्तै उठाउन थालेका छन्।”

उत्तरी अफगानिस्तानकाे भिडन्तमा आठ प्रहरीको मृत्यु

तालिबान समूहले बाल्खको भिडन्तमा १२ जना प्रहरी मारिएको दाबी गरेका छन्। तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै सुरक्षा जाँच चौकीबाट लडाकूहरुले एउटा बख्तरबन्द सैन्य सवारी साधन र हातहतियार कब्जा गरेको बताएका छन्।

अफगानिस्तानका दुई प्रान्तमा सुरक्षा कारबाहीमा २८ तालिबानीको मृत्यु

अफगानिस्तानको पश्चिमी प्रान्त उरुजगान र कान्दाहारमा अफगानिस्तानको सुरक्षा निकायले गरेको कारबाहीमा परेर २८ जना तालिबानी मारिएका छन्।

अफगान–तालिबानबीच प्रत्यक्ष वार्ता अझै भएन

कतारको दोहामा अफगान सरकार र तालिबानबीच अन्तर–अफगान औपचारिक संवाद शुरु भएको २२ दिन पुगे पनि दुबै पक्षबीच प्रत्यक्ष वार्ता अझै हुन सकेको छैन।

अफगान सरकार शान्तिप्रति प्रतिबद्ध देखिएनः तालिबान

अफगानिस्तानमा युद्धरत प्रमुख विद्रोही समूह तालिबानले संयुक्तराज्य अमेरिका र तालिबानबीच भएको सम्झौताका शर्तहरुलाई स्वीकार्न अफगान सरकारले नचाहेको आरोप लगाएको छ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगान सरकार र तालिबान वार्ता टोलीसँग छुट्टाछुट्टै वार्ता गर्ने

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कतारको दोहामा अफगानिस्तानको सरकार र विद्रोही तालिबानहरुको शान्ति वार्ता टोलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।

अफगानिस्तानले ४०० तालिबान लडाकूलाई जेलमुक्त नगर्ने

अफगान सरकारले जेलमा रहेका कम्तीमा पनि ४०० तालिबानलाई जेलमुक्त नगर्ने भएको छ।

तालिबानहरु अफगान सरकारसँग वर्ताका लागि तयार

अफगानिस्तानमा विगत लामो समयदेखि सशस्त्र हिंसा गरिरहेका तालिबानी लडाकूहरुको समूह अफगानिस्तानको सरकारसँग वार्ता गर्नका लागि तयार रहेको बताइएको छ।

अगानिस्तानमा तालिबान विरुद्धको कारबाहीमा २७ को मृत्यु

अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार भएको सैनिक कारबाहीमा परी कम्तीमा २७ आतंककारी मारिएका छन्।

गोली हानाहानमा सात तालिबानी लडाकू मारिए

अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको गेरेशक जिल्लामा सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको दोहोरो झडपमा परी सात लडाकू मारिएका जिल्ला प्रहरी प्रमुख मोहमद खपाल्वाकले बताएका छन् ।

अफगान राष्ट्रपति तालिबानसँगको दोहा वार्तामा जाने

काबुल अफगानिस्तानका राष्ट्रपति असरफ घानी कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार भएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्