६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

साग तयारीकाे अनुगमन गर्न संसदीय उपसमिति गठन

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको अनुगमन गर्न संसदीय उपसमिति गठन गरिएको छ।

डेडिकेटेड र ट्रंक लाइनको छानबिन गर्न संसदीय उपसमिति गठन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको विषयमा छानबिन तथा अध्ययन गर्नको लागि संसदीय उपसमिति गठन गरेको छ।

मेडिकल कलेजहरूले बढी शुल्क असुलेको निष्कर्ष

संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिले निजी मेडिकल कलेजहरूले विद्यार्थीसँग चर्को शुल्क असुलेको ठहर गरेको छ। समितिका सदस्य सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिले निजी मेडिकल कलेजहरूले सरकारद्वारा तोकिएभन्दा बढी शुल्क असुलेर विद्यार्थीमाथि ठगी गरेको निष्कर्षसहित गम्भीर विवादमा मुछिएका मेडिकल कलेजको सम्बन्धन खारेजीका लागि निर्देशन दिनेगरी प्रतिवेदन तयार पारिरहेको हो।

उपसमितिको समयावधि पुनः एक महिना थप

उपसमितिले अध्ययन कार्य जारी रहेको हुँदा म्याद थप गर्न समितिलाई आग्रह गरेको थियो। समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा आज बसेको बैठकले उपसमितिको समयावधि एक महिना थप गर्ने निर्णय गरेको हो।

हवाई टिकट खरीदमा हिनामिना गर्नेविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हजयात्रीका लागि हवाई टिकट खरीद गर्ने क्रममा अनियमिता गरेको भन्दै हज कार्यसम्पादन उपसमितिका पदाधिकारी तथा ट्राभल एण्ड टुर्सका सञ्चालक विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

माविको हेडमास्टर एमफिल हुनुपर्ने

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित शिक्षा, विज्ञान प्रविधि उपसमितिले आधारभूत तहमा प्रधानाध्यापक हुन स्नातकोतर तह पास गरेको र माध्यमिक तहमा प्रधानाध्यापक हुन एमफिल उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गर्न सुझाव दिएको छ। माध्यमिक तहमा ११ र १२ कक्षा हुने भएपछि उपसमितिले यस्तो सुझाव दिएको हो।

घटनास्थल नै नपुगी संसदीय समितिको छाउपडी रिपोर्ट

संसदको महिला तथा समाजकल्याण उपसमितिले छाउपडीमा मृत्यु भएको बारेमा स्थलगत रिपोर्ट तयार पार्दा घटनास्थल नै नपुगेको फेला परेको छ। संसदीय समितिका सदस्यहरू घटना भएको बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा दुई दिनसम्म बसे पनि घटनास्थल नपुगिकनै फिल्ड रिपोर्ट तयार पारेका हुन्।

वाइड बडीमा गहन अध्ययनबिनै निष्कर्ष

समितिले उपसमिति बनाएर १५ दिन अध्ययन गरेपछि तयार पारिएको प्रतिवेदनमा तत्कालीन पर्यटन सचिव प्रेम राई (हाल गृह) वाइड बडी खरिद प्रकरणमा संलग्न रहेको भन्दै तत्काल निलम्बन र कारबाहीको सिफारिस गर्‍यो। तर, त्यसको तीन दिनपछि समितिमा थप छलफल गर्दा सचिव राईको संलग्नता देखिएन।

वाइडबडी प्रकरणले राज्य प्रणाली भ्रष्टाचारको चरम विकृतीले थलिएको प्रष्ट : विवेकशील

नेपाल वायुसेवा निगमको दुईवटा वाइडबडी विमान खरिदबारे अध्ययन गर्न गठित संसदीय छानविन उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर गरेको समाचारप्रति विवेकशील साझा पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।

वाइड बडीमा साढे चार अर्ब घोटाला

संसदीय छानबिन उपसमितिले नेपाल वायुसेवा निगमका दुईवटा वाइड बडी विमान खरिदमा चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको ठहर गरेको छ। उपसमितिले घोटालामा संलग्न भएको भन्दै पूर्व दुईसहित बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई कारबाही सिफारिस गरेको छ।

चिकित्सा शिक्षा विधेयकमाथि छलफल भएन

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथिको छलफल गर्न बोलाइएको उपसमितिको बैठक कोरम नपुगेका कारण स्थगित भएको छ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) एकता गर्न तीन उपसमिति

पार्टी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बीच एकता गर्न तीन उपसमिति गठन गरिएको छ।

विधान मस्यौदा उपसमिति

एमाले र माओवादीबीच एक साताभित्र अन्तरिक विधान र संगठन संरचनाको प्रारम्भिक खाका तयार पार्ने सहमति भएको छ । जसका लागि विधान मस्यौदा कार्यादलले दुई छुट्टाछुट्टै उपसमिति निर्माण गरेको छ।

ऐन प्रत्यायोजित अधिकार दुरुपयोग रोक्न उपसमिति

केही समय पहिले नेपाल आयाल निगमले कर्मचारीलाई बोनस खुवाउने तयारी गर्‍यो। वर्षौंदेखि सञ्चित घाटामा रहेको निगमले ऋण नतिरी एक वर्षको नाफा आर्जन हुनेबित्तिकै सञ्चालक समितिबाट बोनस खुवाउने निर्णय गरेको थियो। तर विवाद भएपछि निगमले उक्त कदम फिर्ता लियो।

परामर्शदाता छनोटमा भएको अनियमितता छानबिन गर्न उपसमिति गठन

व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले नलसिंहगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न छनोट गरिएको परामर्शदाता नियुक्तिमा अनियमितता भएको ठहरसहित छानबिन गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्