कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार दिइने
कोभिड–१९ बाट अस्पतालमा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ। गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत नवलपरासी बर्दघाट–सुस्तापूर्वमा कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई सो राहत उपलब्ध गराइने भएको हो।