२९ वैशाख २०८१ शनिबार
image/svg+xml

टहरोमा खोज्दै भविष्य

दिउँसोको पौने एक बजेको समय। दिन थियो शुक्रबार। साथीसाथी मिलेर घर जाने समय पर्खंदै ढ्याक खेलिरहेका थिए नुवाकोट बेलकोटगढी नगरपालिका–९ नलगाउँस्थित शिलासीता आधारभूत विद्यालयका विद्यार्थी। २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन अझै बन्न सकेको छैन।

सम्भव छन् सपना

मैले दस वर्षको उमेरमा आमा गुमाएँ। उहाँ बिरामी हुनुहुन्थ्यो। तर, तपाईंहरूजस्ता तालिमप्राप्त चिकित्सकहरू वरपर नभएका कारणले उहाँले उपचार पाउनुभएन। त्यस बेला धुलिखेल पिछडिएको सानो बस्तीजस्तो थियो। धुलिखेलका धेरैजसो बासिन्दा राम्रो अवसर खोजीमा काठमाडौँ र अन्यत्र बसाइँ सर्थे। त्यस्तो परिवेशमा म हुर्कदै गएँ, समाजको अवस्था बुझ्दै गएँ। मेरोजस्तो अवस्था कसैले भोग्नु नपरोस् भन्ने भावना मनमा विकास हुँदै गयो। त्यही भावनाले नेपालको स्वास्थ्य क्षेत्रमा केही योगदान पु-याउने इच्छा जन्मायोे।

पहिरोमा पढाइ

विश्वनाथ प्रावि वष्टीका विद्यार्थी पहिरोमा बसेर पढ्न बाध्य छन्। डर र त्रासका साथ पहिरोले बगाएको ढुंगामा बसेर पढ्नुपर्ने बाध्यता आइलागेको विद्यार्थीहरू बताउँछन्।

निजी शिक्षकको व्यवस्थापनमा जुटे स्थानीय तह

जिल्लाका स्थानीय तहले सामुदायिक विद्यालयमा देखिएका निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि पहल थालेका छन् ।

चक्रव्यूहमा त्रिवि

छ दशकदेखि उच्च शिक्षाको गौरवमय इतिहास बोकेको, गुणवत्ता र विस्तारका आधारमा नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालय स्थापनाकालदेखि वर्तमानसम्मको यात्राका थुप्रै कठिनतामा सफल र सार्थक बनेको छ ।

दुई महिनादेखि विश्वविद्यालय ठप्प

कार्यकारी परिषद्ले गरेका नियुक्ती खारेजीको माग गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी र प्रध्यापक आन्दोलित भएको दुई महिना पुगिसक्यो।

अाफू पढेकाे विश्वविद्यालयलार्इ १ अर्ब ८० करोड डलर दान

संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिएका छन्। यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गले बताए।

संघीय शिक्षा ऐन नबन्दा अन्योल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐन कार्यन्वयनमा ल्याउन नसक्दा विद्यालयको प्रवेश परीक्षा र बजेट व्यवस्थापनमा अन्यौल भएको छ।

एक दिन विद्यालय नआए १० रुपैयाँ

सुशील श्रेष्ठ कक्षा ८ का विद्यार्थी हुन् । घरको कुनै काम विशेषले विद्यालय जान नपाउने दिन आयो भने उनलाई निकै ठूलो समस्या आए जस्तो लाग्छ । जिल्लाको मानेभञ्ज्यांग गाउँपालिका–९ माधवपुरस्थित विद्या कालिकादेवी आधारभूत विद्यालयमा पढ्ने सबै विद्यार्थीलाई अहिले यस्तै महसुस हुन्छ।

तामाङबस्तीमा ठडिए विद्यालय भवन

गाउँको बीचमा एउटा विद्यालय छ । एकातिर भूकम्पले भत्किएर मर्मत गरिएको भवन अर्कोतिर भूकम्पपछि विभिन्न संघसंस्थाले निर्माण गरिदिएको विद्यालय भवन।

महिनाबारीले रोकिँदैन पढाइ

महिनाबारी हुने समय आएपछि विद्यालय जाने कि नजाने, गए पनि कसरी दिन कटाउने भन्ने समस्याले गल्छी गाउँपालिका –८, गोगनपानीकी समिता तामाङलाई सताउने गथ्र्याे । विद्यालय गएपछि केही समस्या होला कि भन्ने चिन्ताले महिनाबारी भएका बेला उनी पढाइ नै छाडिदिन्थिन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका नौ विद्यार्थी पक्राउ

कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ।

विद्यालय सरकारी,  उधारोमा शिक्षक

पञ्चभयार माध्यमिक विद्यालय नलगाड–८ का शिक्षक इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन्।विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी व्यवस्था नहुँदा निजी स्रोतबाट तलब, भत्ता बेहोर्ने गरी खत्रीलाई दुई वर्षअघि नियुक्त गरिएको थियो ।

‘सम्बन्धन’ राजनीतिको चेपुवामा एएफयु

कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) अहिले बन्द छ । नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना लिने सूचना जारी गरेपछि विद्यार्थीले विश्वविद्यालय बन्द गराएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्