११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

१ सय २० जनाको जम्बो प्रतिनिधिमण्डल

सरकारी कर्मचारीले अनावश्यक रूपमा गर्ने विदेश भ्रमणलाई व्यवस्थित गर्न कडा निर्देशिका जारी गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफंै भने जम्बो टोलीको नेतृत्व गर्दै चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। उनी १ सय २० सदस्यीय नेपाली जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीन प्रस्थान गर्दैछन्। चिनियाँ समकक्षी लि खछाङको औपचारिक निमन्त्रणामा जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी ६ दिने चीन भ्रमणमा निस्कन लागेका हुन्।

उर्जामन्त्री पुन र ब्रिटिस संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसंग ब्रिटिस संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ। नेपालको संघीय संसदको निमन्त्रणामा नेपाल भ्रमणमा आएको ब्रिटिस संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती सांसद निजेल इभान्सले गरेका छन्।

ताइवानी व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउँदै

ताइवानिज एक्सटर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नौ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल आउने भएको छ।

मन्त्री यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको स्टेट एड्मिनिष्ट्रेसन ट्रेड एण्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ।

उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा

उत्तर कोरियाली सरकारी अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल आइतबार दक्षिण कोरिया पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

काँग्रेस नेता केसीसँग युरोपेली प्रतिनिधिमण्डल भेट

नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीसँग युरोपेली संघको निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले आज उनकै निवास गोंगबुमा शिष्टाचार भेट गर्‍यो।  युरोपेली सांसद नीना गिलले नेतृत्व गरेको चार सदस्यीय प्रतिनिधिमण्डलले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन पर्यवेक्षणको सिलसिलामा सरोकारवाला पक्षसँगको भेटघाट गर्ने क्रममा पूर्वमन्त्री एवं काँग्रेस नेता केसीसँग भेटेको हो।

महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्रीले गर्ने

काठमाडौँ- संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्