५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित

कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा माघ १५ गते आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमितीको बैठक विशेष कारणवस स्थगित गरिएको बताइएको छ।

राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत: प्रवक्ता महत

संविधान रक्षाको जिम्मेवारी राष्ट्रिपतिको पनि भएकाले त्यसमा कांग्रेसको दाबी रहेको उल्लेख गर्दै उनले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दाबी गर्दा गठबन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्याङ्कनमा त्रुटि भएकाले गठबन्धन भत्केको बताए।

तेस्रो पटक तोकिएको कांग्रेस केन्द्रिय समिति बैठक फेरी सर्दै

नेपाली कांग्रेसको माघ १५ गतेका हुने भनिएको केन्द्रिय समिति बैठक नहुने भएको छ। कांग्रेसले यो बैठक तेस्रो पटक ताकेको थियो।

मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौँः वरिष्ठ नेता पौडेल

प्रतिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिनुहुँदै उहाँले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने आवश्यकता औँलाए।

मंगलबार कांग्रेस इतर पक्षको भेला, संस्थापन पक्षलाई ‘च्याप्ने’ रणनीति

नेपाली कांग्रेसको इतर पक्षले विगतमा पार्टीले गरेका कमी कमजोरी केलाउन र भातृ संगठनमा आफ्नो उपस्थिती बलियो बनाउन मंगलबार (भोली) बिहान काठमाडौंमा भेला बोलाएको छ।

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

शेखर पक्षको बैठकः काँग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न सकेन

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेस संस्थापन इतर पक्षका नेता चन्द्र भण्डारीले काँग्रेस दोधारमा रहेको भन्दै प्रश्न उठ्न थालेकाले छलफल गरेको बताएका हुन्।

सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेलः प्रकाशरण महत

नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरिप्रकट भएको बताएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले यस्तो बताएका हुन्।

गाउँपालिका अध्यक्ष शाही कांग्रेस प्रवेश

गाउँपालिका अध्यक्ष शाहीलाई शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवम् केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी प्रवेश गराए।

उपसभामुखका उम्मेदवार यादवलाई मतदान गर्न कांग्रेसको ह्विप

नेपाली कांग्रेसले उपसभामुखका आफ्नो उम्मेदवार मुक्ताकुमारी यादवलाई मतदान गर्न पार्टीका सांसदलाई ह्विप जारी गरेको छ।

उपसभामुख उम्मेदवारबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहान १० बजे पदाधिकारी बैठक बस्दैछ।

कांग्रेस–एमाले घोचपेच

प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचनअघि आआफ्ना भनाइ राख्ने क्रममा कांग्रेस र एमालेका नेताहरूबीच घोचपेच चलेको हो।

राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन संशोधन गर्नुपर्छः प्रमुख सचेतक लेखक

बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

विमान दुर्घटनाको बारेमा सदन र जनतालाई जानकारी गराउन काँग्रेसको माग

सरकारले विमान दुर्घटनामा परी निधन हुनेहरुको शव पहिचान भइसक्दासमेत आफन्तलाई बुझाउने प्रक्रियामा ढिलाइ गर्दा आफन्तमाथि झनै पीडा थपिएको उनले बताए।

लोसपा समेटिएन, जसपा र नाउपा गएनन्

जसपाले एमाले–माओवादी गठबन्धनबाट अलग भएको घोषणा गरेको त छैन तर उक्त पार्टीका नेताहरूले गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्