६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

माथिल्लो त्रिशुली–१ मा जुट्यो ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाका लागि आवश्यक लगानी जुटेको छ। कोरियन कम्पनीले निर्माणको जिम्मेवारी लिएको सो जलविद्युत आयोजनाका लागि आवश्यक लगानी सम्बन्धि सम्झौतामा शुक्रबार काठमाडौंमा गरिएको हो।

त्रिशुलीमा पौडी खेल्ने क्रममा एक बेपत्ता

नुवाकोटको बेलकोटगढी नगरपालिका—७ महादेवफाँट स्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन्।

शोकमग्न सर्लाही

मलंगवाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशुली नदीमा खस्दा २४ जना वेपत्ता एवं ५ जनाको शव फेला परेपछि सर्लाही शोकमग्न बनेको छ।

काठमाडौंका लागि छुटेको बस त्रिशूलीमा खस्यो, तीन जनाको मृत्यु

अहिलेसम्म १० जनाको उद्धार गरिएको प्रहरी उपरीक्षक राजकुमार बैदवारले घटनास्थलबाट जानकारी दिए। नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्।

अस्पतालको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै सडक अवरुद्ध

जिल्ला अस्पताल त्रिशुलीको लापरवाहीको कारण सुत्केरीको ज्यान गएको भएको भन्दै आफन्त तथा स्थानीयहरुले गल्छी त्रिशुली सडक खण्डको महादेवफाँटमा यातायात अवरुद्ध गरेका छन्। तार्केश्वर गाउँपालिका –५ (हाल बेलकोटगढी नगरपालिका–७ महादेवफाँट) की गोमा वस्तीको सुत्केरी पश्चात अत्याधिक रक्तश्रावको कारण ज्यान गएको थियो।

‘तुइनेबाजे’ले पाए घर

२० वर्षदेखि तुइनको लठ्ठा समाउँदै हजाराैंलाई वारपार गराइदिने ‘तुइनेबाजे’को नामले चिनिने शुक्रबहादुर चेपाङले घर पाएका छन्।

त्रिशुली नदीमा जलयात्रा उत्सव

धादिङको आदामघाटबाट सुरु गरिएको जलयात्रा मलेखुसम्म आएर टुङिगएको थियो। करीब ४ सयको हाराहारीमा साढे तीन घण्टा त्रिशुली नदीमा जलयात्राको मज्जा लिएका हुन्।

धादिङ बस दुर्घटना : हराइरहेका एकजनाको शव फेला

धादिङको गजुरी गाउँपालिका वडा नं ६ बन्छेटारबाट त्रिशुली नदीमा बस खस्दा हराइरहेका एक जनाको शव फेला परेको छ। घटना भएको ठाउँबाटै मंगलबार दिउँसो फेला पारेको प्रहरीले जानकारी दिएको छ।

त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो (अपडेट)

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो।

त्रिशुलीमा बस खस्यो: मृतकको संख्या पाँच पुग्यो, २९ जना घाइते

घाइतमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

अपडेटः त्रिशुलीमा बस खस्यो, तीन जनाको मृत्यु

काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गजुरी गाउँपालिका ६ बन्छेटारको वडा नम्बर ६ को आदमघाटमा आइतबार बिहान त्रिशुलीमा खसेको हो। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

काठमाडौंका लागि छुटेको बस त्रिशुलीमा खस्यो

काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। गल्छी गाउँपालिकाको वडा नम्बरको आदमघाटमा आइतबार बिहान त्रिशुलीमा खसेको हो।

असारभित्र विद्युत् उत्पादन

माथिल्लो त्रिशुली थ्री ‘ए’ ले आगामी असारभित्र विद्युत् उत्पादन सुरु गर्ने भएको छ। रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजनाको ८५ प्रतिशत काम सकिएको छ।

नुवाकोट बन्दको प्रभाव सडकदेखि विद्यालयसम्म

राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक अन्तर्गत पर्ने पिपलटार–ढुङ्गे सडक खण्डका प्रभावितहरूले आइतबार नुवाकोट बन्द गराएका छन्। बन्दको प्रभाव यातायातदेखि विद्यालयसम्म परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्