६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

डोलेश्वर महादेव दर्शन गर्न आउनेले मास्क लाउनैपर्ने

भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रीमा दर्शन गर्न आउने भक्तजनले अनिवार्य मास्क लाउनुपर्ने भएको छ। हजारौंको संख्यामा मन्दिरमा आउने भक्तजनलाई ध्यानमा राखेर सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको उक्त मन्दिरको संरक्षण तथा विकास समितिले जनाएको छ।

स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

सरकारले कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी नजिकिँदै गरेका प्रमुख चाडपर्वमा पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्ड सार्वजनिक गरेको छ। घरपरिवारभित्र र समुदायस्तरमा मनाइने चाडपर्व, जात्रा तथा उत्सवलाई लक्षित गर्दै सरकारले अत्यावश्यक र अनिवार्य तथा आधारभूत मापदण्ड तयार पारेको हो।

चाडपर्व मनाउँदा पालना गर्नुपर्छ अब यस्तो मापदण्ड

कोभिड १९ को महामारीको बेला चाडपर्व तथा कुनै पनि उत्सव मनाउनको लागि अबदेखि जनस्वास्थ्य मापदण्ड पालना गरेर मात्र मनाउनु पर्नेछ । यो अवधिमा पर्व तथा उत्सव मनाउनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ‘चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालना गर्नुु पर्ने जनस्वास्थ्य मापदण्ड २०७७’ जारी गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्