होटल हिल्टन निर्माणका क्रममा नक्सालको सडक भासियो
हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन होटलले जमिनमुनि अत्यधिक खन्दा नक्सालको सार्वजनिक सडक भासिएको छ। नक्सालस्थित भगवती बहाल र प्रहरी प्रधान कार्यालय जाने बाटोमा होटल निर्माणका लागि जमिन खन्ने काम भइरहेको थियो।