५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

एमाले कर्णाली अधिवेशनमा गुटगत प्रतिस्पर्धा : राजबहादुर शाही र प्रेमबहादुर सिंहकाे उम्मेदवारी फिर्ता

कर्णाली प्रदेशको अध्यक्षका लागि हालसम्म तीन जना प्रतिस्पर्धी छन्। शुक्रवार अध्यक्षमा उम्मेदवारी दिएका मध्ये दैलेखका राजबहादुर शाही र कालिकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन्।

प्रधानमन्त्री स्वदेश फिर्ता

संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्किएका छन्।

मार्सल आर्ट टोली स्वदेश फिर्ता

जर्मनीमा सम्पन्न अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा नेपालबाट सहभागी टोली स्वदेश फिर्ता भएको छ।

दण्डहीनताको कुचक्रमा मुलुक

नक्कली भुटानी शरणार्थीको गम्भीर आरोप लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई जोगाउन कांग्रेस सम्पूर्ण शक्तिसहित लागेको छ जबकि यही प्रकरणमा आरोपित नेकपा एमालेका उपाध्यक्ष टोपबहादुर रायमाझीलाई पार्टीले कारबाही गरिसकेको छ।

प्रेस चौतारी नेपालका अध्यक्ष बस्नेतविरुद्धको उजुरी फिर्ता लिन महासंघको आग्रह

नेपाल पत्रकार महासंघले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध गृह मन्त्रालयका तर्फबाट नेपाल प्रहरीमा दर्ता भएको साइबर क्राइमको उजुरी फिर्ता लिन आग्रह गरेको छ।

‘फौजदारी मुद्दा फिर्ताको विपक्षमा एमाले’

प्रतिनिधि सभामा छलफलका लागि अघि बढाइएको केही मुलुकी ऐन संशोधन विधेयकमा प्रमुख प्रतिपक्षी दल एमाले विरोधमा उभिने भएको छ। यस विधेयकको दफा ६४ मा राजनीतिक प्रकृतिको फौजदारी मुद्दा फिर्ता लिने प्रावधान रहेकाले यसविरुद्ध एमाले उभिने भएको हो।

फौजदारी मुद्दा फिर्ता हुने गरी मुलुकी अपराध संहिता संशोधन गर्न लागेको भन्दै ध्यानाकर्षण

अदालतमा विचाराधीन गम्भीर प्रकृतिका फौजदारी मुद्दासमेत फिर्ता हुने गरी संसद्मा प्रस्तावित मुलुकी अपराध संहिता, २०७४ ऐन संशोधन विधेयकप्रति जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ।

स्वर्ण विजेता धिमाल स्वदेश फिर्ता

माल्दिभ्सको मालेमा भएको १३औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण विजेता ललित धिमाल सोमबार स्वदेश फर्किएका छन्।

प्रधानमन्त्रीको आग्रहपछि संन्यास फिर्ता

प्रधानमन्त्री शेख हसिनाको आग्रहपछि बंगलादेशका कप्तान तमिम इकबालले अन्तर्राष्ट्रिय क्रिकेटबाट गरेको संन्यासको निर्णय फिर्ता लिएका छन्।

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

जनवादी चीनको पाँचदिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्केका छन।

प्रेम चलाउने प्रकरण: मुद्दा फिर्ता कार्यान्वयन नगर्न आदेश

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण गर्नेहरूविरुद्ध मुद्दा फिर्ता लिने सरकारको निर्णय सर्वोच्च अदालतले हाललाई कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ।

सांसद्काे प्रश्नः कुटपिट गरेर मरनासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

उपप्राध्यापक चलाउनेमाथी आक्रमण गर्नेको मुद्धा फिर्ता विरोधमा प्रदर्शन (तस्बिरहरू)

त्रिभुवन विश्वविद्यालय, समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्धा फिर्ताको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्