२९ वैशाख २०८१ शनिबार
image/svg+xml

प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण

३ सय ७० जनाको पिसिआर परीक्षण गर्दा १४ र २ सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८, सुनसरीमा ४, मोरङमा ३, इलाममा २, धनकुटा, भोजपुर, खोटाङ र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो।

प्रदेश १: १२८ जनामा संक्रमण

४ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ६१ र ४ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोरोनाका कारण भेरी अस्पतालमा थप एक जनाको ज्यान गयो

भेरी अस्पतालमा उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ निवासी ८४ वर्षीय पुरुषको ज्यान गएको हो।

कोरोनाबाट थप १४ जनाको मृत्यु

नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २४१ पुगेको छ। संक्रमित २९ हजार ११७ जनाको होम आइसोलेसन र ११ सय २४ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। गम्भीर समस्या भएका २४२ जना आइसियु र ४२ जना भेन्टिलेटरमा छन्।

कोरोना संक्रमण १३.८ प्रतिशत

पछिल्लो २४ घन्टामा परीक्षण भएका कुल ११ हजार ३ सय ६५ वटा नमुनामध्येमा एक हजार ५ सय ७० जनामा कोरोना पुष्टि भएको छ। थप संक्रमितसहित नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार १ सय ११ जना पुगेका छन्।

कोरोना संक्रमणले रोकिए पर्यटन प्रवर्द्धनका गतिविधि

पर्यटन क्षेत्र उकास्नका लागि गरिने प्रवर्द्धनात्मक गतिविधिमाथि कोरोना भाइरस संक्रमणले अन्योलता थपिदिएको छ। पर्यटन क्षेत्रले वार्षिक रुपमा गर्दै आएका प्रवर्द्धनात्मक गतिविधि संंक्रमणका कारण रोकिएका छन्। तत्काल प्रवर्द्धनात्मक गतिविधि गर्न व्यवसायीले आँट पनि गरेका छैनन्।

प्रदेश १ मा १ सय ४४ जनामा कोरोना संक्रमण

२ सय २२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोरोनाबाट थप १४ जनाको मृत्यु

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ७ सय ९४ पुगेको छ। गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर २२.८ प्रतिशत रहेको छ।

कोरोना संक्रमण दर स्थिर

संक्रमणदर दुई अंकको दरले कम हुँदै गएकोले यो स्थितिलाई स्थिर अवस्था भन्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले बताउँछन्। ‘संक्रमणदर विस्तारै घट्दै गएको देखिन्छ, यसलाई सकरात्मक रूपमा लिनुपर्छ, तर यो फेरि कतातिर जान्छ अहिल्यै भन्न सकिंदैन,’ उनले भने। संक्रमणदर केही प्रतिशतले घटेपनि नयाँ भेरिन्यट आउने जोखिम कायमै रहेकोले सचेत हुन डा. अधिकारीले सवैलाई अनुरोध गरे।

कोरोनाबाट थप ३३ जनाको मृत्यु

पछिल्लो तथ्यांकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३५ पुगेको छ। पछिल्लो पटक मृत्यु हुने संक्रमितमा धेरैजसो खोप नलिएका, दीर्घरोगी र वृद्धवृद्धा रहेको चिकित्सकले जनाएका छन्। यस्तै पछिल्लो २४ घण्टामा मुलुकमा कोरोना संक्रमणदर २६.९ प्रतिशत देखिएको छ। कुल परीक्षण भएका १३ हजार १ सय ४५ वटा नमुनामा ३ हजार ५ सय ४० मा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमणदर घट्दै

शुक्रबार थपिएकासहित मुलुकमा सक्रिय संक्रमितको संख्या ८९ हजार ८ सय ६९ पुगेको छ। संक्रमितमध्ये २ सय ५६ जनाको आइसियुमा र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अन्य होम आइसोलेसन र संस्थागत आइसोलेसनमा छन्।

संक्रमण दर ४१.५ प्रतिशत

गत चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७२ पुगेको छ। यीसहित हाल नेपालभर ९० हजार ६७ जना सक्रिय संक्रमित पुगेका छन्। ती मध्ये ८८ हजार २ सय ४८ जना होम आइसोलेसन, १ हजार ८ सय १९ जना संस्थागत आइसोलेसन र २ सय ५१ जना आइसियु र ४८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

कर्मचारीलाई कोरोना फैलिएपछि बाँके प्रशासन बन्द

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कार्यालयका केही कर्मचारीलाई संक्रमण पुष्टी भएकाले अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गरिएको जानकारी दिए।

सिरहामा प्रशासककै मिलेमतोमा भौतिक उपस्थितिमा पढाइ

सार्वजनिक यातायातका साधनमा समेत यात्रु कोचिएरै यात्रा गरिरहेका छन्। सरकारले बालबालिकालाई संक्रमणबाट जोगाउन स्कुलहरू माघ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। तर सरकारको यस निर्णयलाई स्थानीय प्रशासकहरू निजी विद्यालयसँग मिलेर धज्जी उडाइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्