१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

'बिरामीको सेवा गर्दागर्दै पीपीईमा महिनावारीको रगत लागेको पत्तै पाइँदैन'

एक त सहनै नसक्ने गर्मी, त्यसमाथि सबैतीरबाट सील भएको पीपीई लगाउनु पर्दा मरुभूमिमा बसे सरहको अनुभव यहाँका कोभिड वार्डमा खटिएका नर्सहरुको छ। बिरामीको सेवामा खटिरहने उनीहरुले कतिपय समयमा त सेतो पीपीईमा रातो रगत लागेको समेत पत्तै पाउँदैनन्।

तिब्बत सरकारले ताप्लेजुङको सीमावर्ती क्षेत्रमा पठायो खाद्य सामग्रीसहित पीपीई

चीनको स्वसासित क्षेत्र तिब्बत सरकारले ताप्लेजुङको सीमावर्ती क्षेत्रका लागि खाद्यान्नसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री(पीपीई) पठाएको छ ।

कालीगण्डकी गाउँपालिकामा पीपीई हस्तान्तरण

स्याङजाको कालीगण्डकी गाउँपालिकाका सरकारी स्वास्थ्य संस्था तथा एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)उपलब्ध गराइएको छ।

विराटनगर बजारमा अत्याधिक भीडभाड हुँदा पीपीई सेटमा युवा

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउन बुधबार ३७ औं दिन भएको छ । लकडाउनको सुरुआती समयमा सर्वसाधारणले लकडाउन र भाइरसको डरले घर बाहिर नआउँदा बजारमा खासै भीडभाड हुँदैन थियो ।

विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई

जिल्ला विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) प्राप्त भएको छ । वल्र्ड भिजन इन्टरनेशलले साझेदारी संस्थाहरुको रोहबरमा जिल्ला विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई हस्तान्तरण गरेको हो ।

पीपीईको अभाव भएपछि नयाँ उपाय

पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) को अभाव भएपछि नोबेल कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) परीक्षणलाई निरन्तरता दिन स्वास्थ्य कार्यालय रोल्पाले नयाँ उपाय सुरु गरेको छ । बुधबार प्रयोगशाला प्राबिधिकसंगै परिवर्तन गाउँपालिकाको रांसी पुगेको अनिल केसीको टोलीले झ्यालमा बाक्लो प्लास्टीक चेप्टाएर हात छिर्न मिल्ने प्वाल बनाई रगत परीक्षण गरेको थियो ।

विरामी लिन आएको हेलिकोप्टरमार्फत ताप्लेजुङ आईपुग्यो थप पीपीई

विरामी लिन आएको कैलाश एयरको हेलिकोप्टरमार्फत ताप्लेजुङमा थप ७५ थान व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री(पीपीई)आई पुगेको छ।

कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले बाड्यो पीपीई

कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले यहाँका सबै स्थानीय तह र स्वास्थ्य संयोजन गर्ने निकायलाई समानुपातिक रुपमा व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री (पीपीई) वितरण निर्णय गरेको छ।

एनएमबी बैंकको १ नं प्रदेश कार्यालयले दियो सय थान पीपीई

एनएमबी बैंकको १ नं प्रदेश कार्यालयले कोभिड–१९ को परीक्षण तथा उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने १ सय थान व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पीपीई) प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।

काँग्रेस नेता खड्काद्वारा ५ लाखको पीपीई सहयोग

नेपाली काँग्रेस जाजरकोटका नेता एवम् महासमिति सदस्य रत्नवहादुर खड्काले जाजरकोटका स्वास्थ्यकर्मीहरुका लागि ५ लाख बराबरको व्यक्तिगत सुरक्षा सामग्री पीपीई दिएका छन्।

कोरोना परीक्षणका लागि शिक्षण अस्पतालमा पीपीई बुथ

शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा सोमबारदेखि नेपालमै पहिलो पटक पीपीई बुथ राखिएको छ। अस्पतालको आइसोलेशन वार्डको बाहिर कोरानो भाइरस (कोभिड १९) का सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो। सम्भावित संक्रमितको घाँंटीबाट  र्‍याल  निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ–१९ संक्रमणबाट जोगाउन बुथको प्रयोग गरिएको जनाइएको छ।

प्रदेश १ मा आइपुग्यो स्वास्थ्य सामग्री, कुन जिल्लालाई कति पीपीई पठाइयो ?

नेपाल सरकारले आइतबार चीनबाट कोरोना भाइरस (कोबिड १९) को संक्रमण रोकथामका लागि चाहिने स्वास्थ्य सामग्री ल्याएसँगै सोमबार नै प्रदेश १ मा स्वास्थ्य सामग्री आइपुगेको।

पाँचथरमा पीपीई, रेनकोट र गम्बुट

जिल्लाका विभिन्न ठाँउमा बनाइएका क्वारेन्टाइनमा राखिएकाहरुलाई स्वास्थ्य सेवा दिन खटिने स्वास्थ्यकर्मीहरु रेनकोट लगाएर सेवामा खटिएका छन्। पर्शनल प्रोटेक्टीभ इक्युमेन्ट (पीपीई) को अभावमा उनीहरुलाई रेनकोट, खेती किसानी गर्दा प्रयोग हुने गम्बुट, मास्क तथा पन्जा दिएर खटाइएको छ। जिल्लाका आठै स्थानीय तहमा यसरी नै तयारी गरेको देखिन्छ।

चीनबाट स्वास्थ्य सामाग्री लिएर आइपुग्यो जहाज

कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याइएको छ। नेपाल एयरलाइन्सको विमानले चीनबाट उक्त सामाग्री लिएर आएको हो। स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको जहाज शनिबार ग्वाङ्झाओ उडेको थियो। जहाज आइतबार बिहान साढे पाँच बजे सामान लिएर नेपाल आइपुगेको थियो।

सनराइज बैकद्वारा अस्पताललाई पीपीई हस्तान्तरण

सनराइज बैकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई व्यक्तिगत सुरक्षा सामग्री पीपीई हस्तान्तरण गरेको छ। बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले शनिबार टेकुस्थित अस्पताल पुगि पीपीई हस्तान्तरण गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्